एमालेकाअध्यक्ष ओली र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता

काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा विहिबार भएको भेटमा राजदूत होङले नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे चीनका तर्फबाट जिज्ञासा राखेकी छन् । जसको ओलीले सटिक जवाफ दिएका छन् ।भेट स्थानीय निर्वाचन, संविधान संशोधनलगायत समसामयिक विषयमा केन्द्रीत रहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।उनका अनुसार चिनियाँ राजदूतको जिज्ञासा मेटाउँदै अध्यक्ष ओलीले पहिलो चरणको स्थानीय निर्वाचन प्रक्रियामा अघि बढेको तर पहिलो र दोस्रो चरणबीचमा ग्याप धेरै समय नराख्न पार्टीले प्रस्ताव गरेको अवगत गराएका थिए ।त्यस्तै अध्यक्ष ओलीले संविधान संशोधन के का लागि भन्ने एमालेले बुझ्न नसकेको जनाउँदै नेपालको विकास र संविधान कार्यान्वनमा चीनको सद्भावका लागि धन्यवाद दिएका थिए ।भेटमा दुई देश र दुई पार्टीबीचका आपसी सम्बन्धका विषयमा पनि छलफल भएको एमालेले जनाएको छ ।

Advertisements