देश विकास

          कविता
– मनिषा खतिवडा
स्वार्थताको सङ्घार छोडी मानवतालाई छोई
देशको विकास गर्नुपर्छ सबै एकजुट भई ।

Advertisements

अत्याचार र अन्यायलाई निस्तेज गर्नुपर्छ
देशको निम्ति मर्नुपरे मर्नु पनि पर्छ ।

अनेकतामा एकताको भावना लिनुपर्छ
आफ्नो देशको हितको लागि बलिदान दिनु पर्छ ।

असत्यको जरो खन्दै सत्य तर्फ लागौं
नेपालको सच्चा एउटा नागरिक बनौं ।

कुसंस्कारको अन्त्य गरौ सभ्य समाज बनाऔं
भ्रष्टाचार र घुसखोरीलाई देशबाटै हटाऔं ।