राप्रपा संसदीय दलको बैठक बस्दै

0
254

काठमाडौं: पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको पहिलो बैठक आज बस्दै छ ।

बैठकले संसदीय दलको नेता र पदाधिकारीको चयन गर्नेछ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने उक्त बैठकले संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गरी आवश्यक निर्णय लिने पार्टीका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ जना सांसदले व्यवस्थापिका-संसद्मा छन् ।

पार्टी एकीकरणपछि राप्रपा संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ ।

LEAVE A REPLY