नवलपरासीलाई जोडे आन्दोलनमा जाने चेतावनी

0
285

१२ मंसिर, काठमाडौं । नवलपरासी पहाडी क्षेत्र सर्वदलीय प्रतिनिधि मण्डलले प्रदेश नम्बर ४ मा रहेको नवलपुर र पहाडी क्षेत्रलाई तलमाथि गरिए त्यसको विरुद्धमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सर्वदलीय प्रतिनिधि मण्डलले संविधानमा उल्लेख भए अनुसार नवलपरासीको नवलपुर र पहाडी क्षेत्रलाई प्रदेश नम्बर ४ मै कायम गर्नुपर्ने माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधि मण्डलका संयोजक श्यामसुन्दर श्रेष्ठले पहाडी क्षेत्रका पाल्पाबाट २०३२ सालमा गाभिन आएका डेडगाउँ, धौवादी, बुलिङ्टार लगायतका १६ गाविसहरु पोखरादेखि अत्यन्तै नजिक भएको तर दाङा अपायक हुने भएकोले यी गाविसहरुलाई प्रदेश नम्बर ४ मै यथावत गर्नुपर्ने माग गरे ।

उनले भने, ‘नवलपुर क्षेत्र मधेशीहरुको बाहुल्य नभएको क्षेत्र हो, र त्यो प्रदेश नम्बर ४ को त्रिवेणी नाका भएकोले यो नाका भारतसँग जोड्ने मुख्य नाका हो, यसलाई प्रदेश नम्बर ५ मा हाल्ने कुरा कुनै हालतमा मान्य हुँदैन ।’

त्यस्तै कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तीलक महतले पनि प्रदेश नम्बर ४ लाई तलमाथि गर्न नहुने बताए

उनले पहाडबाट मधेशलाई अलग गराउने काम जनविरोधी र राष्ट्रविरोधी कदम हुने भएकोले यसको विरुद्धमा नवलपुरका जनता एक ठाउँमा उभिएको बताए ।

नेपाली कांग्रेसका महासमिति सदस्य तथा प्राध्यापक मनोहर पराजुलीले संविधान संशोधन प्रस्ताव जनताको भावना विपरित रहेको आरोप लगाए ।

त्यस्तै ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश बिकले अहिलको सीमांकन अनुसार ४ नम्बर प्रदेश साँस्कृतिक हिसावले मिलिजुली बसेको प्रदेश भएकोले यसलाई तलमाथि नगर्न चूनौति दिए ।

LEAVE A REPLY