कोर कम्पिटेन्स' भएको क्षेत्रमा लगानी गर्छाैं

0
301

नब्बेको दशकमा उदाएको विशाल समूह ‘ट्रेडिङ बिजनेस’ मा जमेको घराना हो । वित्तीय संस्थामा ठूलो लगानी रहेको यो समूहले पछिल्लो समय म्यानुफ्याक्चरिङ र हस्पिटालिटी बिजनेसमा पनि आक्रामक रूपमा लगानी गर्न थालेको छ । चिनी मिलमा हात हालेको छ । नगरकोटमा लक्जरी बुटिक रिसोर्ट खोल्दैछ । सिमेन्ट र शिक्षामा लगानी गरिसकेको छ । लगानीका लागि समूहले नेपालमा कोर कम्पिटेन्स भएका क्षेत्रहरू रोजेको छ । उत्पादन र सेवा क्षेत्रमा लगानी गरिरहेको समूहका प्रबन्ध निर्देशक अनुज अग्रवालसँग अन्नपूर्णकर्मी नविन अर्यालले गरेको कुराकानी ।

Advertisements

गोल्छा समूहले सञ्चालन गरिरहेको श्रीराम र इष्टर्न चिनी मिलमा विशाल समूह साझेदार बन्यो, अब समूहको फोकस म्यानुफ्याक्चरिङ क्षेत्रमा हो ?

कृषिजन्य उद्योगमा लगानीको सोच थियो, कस्तो खालको उद्योगमा लगानी गर्ने टुंगो लागेको थिएन । गोल्छा समूहले साझेदारीका लागि हात बढाएपछि हामीले ओके गरेका हौं । अझै सबैकुरा टुंगिएको छैन । चिनी उद्योग मुलुक सुहाउँदो पनि हो, स्वदेशी कच्चा पदार्थ प्रयोग हुन्छ । एउटै उद्योगमा २०/३० हजार किसान आवद्ध हुन्छन् । लगानीका लागि एकदम उपयुक्त उद्योग हो ।
दुबै मिलको कति-कति प्रतिशत सेयर खरिद गर्नुभयो ?

छलफल जारी छ, दुबै चिनी मिलमा ‘एक्टिभ इन्भेस्टर’ हुन्छौं । श्रीराम सुगर मिल पब्लिक लिमिटेड कम्पनी हो । यसमा सरकार, विदेशी र सर्वसाधारणको लगानी छ ।

हामीले ८/१० वटा क्षेत्र पहिचान गरेका छौं, ४/५ क्षेत्रमा अबस्य सफल भइन्छ । हाम्रो रोजाईंमा पर्यटन, शिक्षा, स्वास्थ्य, सिमेन्ट, चिनी, खाद्यान्न उद्योग, बियर, हाइड्रो, पूर्वाधार, रिटेललगायतका छन् । यिमध्येबाट क्रमशः लगानी गर्ने योजनामा छ । कतिपयमा हामी एक्टिभ इन्भेस्टर बन्छौं, साझेदार माइनरमा हुन्छ, कुनैमा हामी माइनरमा हुन्छौं । सबैमा एक्टिभ इन्भेस्टर भएर सफल भइँदैन । घोराही सिमेन्टमा त्रिवेणी ग्रुपसँग साझेदारी गरेका छौं । त्यहाँ हामी माइनर इन्भेस्टर हौं । सिमेन्टमा हामी लिड गर्दैनौं । शिक्षातर्फ विराटनगरमा स्कूल खोलेका छौं, अरु स्कूल खोल्ने तयारी छ । हस्पिटालिटीमा एक्टिभ इन्भेस्टर बन्दै छौं ।

भनेपछि ट्रेडिङ बिजनेसमा जमेको समूह उत्पादन र सेवामुलक क्षेत्रमा आक्रमक ढंगले लाग्दैछ ?

विविधीकरण नगरी हुन्न । आन्तरिक बजारलाई लक्षित गरेर कोर कम्पिटेन्स हुने क्षेत्रमा लगानी गर्ने हो । सेवा क्षेत्र पनि हुन सक्छ, उत्पादनमुलक र व्यापार पनि हुन सक्छ । भ्यालु एड हुने क्षेत्रमा लगानी बढाउँछौं । होटल, शिक्षा क्षेत्र लामो समयमा राम्रो हुने व्यवसाय हुन् । हामीले यसअघि खोलेको स्टिल उद्योग राम्रोसँग चलेकै हो । टाइगर यासिमा ब्याट्रि उत्पादन भइरहेको छ ।

गोल्छा अर्गनाइजेसनसँग चिनी उत्पादनमा झन्डै २० वर्षको अनुभव छ ।
यहाँ उत्पादन गर्न नसकिने बस्तु विदेशबाटै आयात गर्ने हो ।
हस्पिटालिटीमा एक्टिभ इन्भेस्टर बन्दै छौं ।
व्यापारमा नाफा फिक्स्ड हुन्छ ।
उद्योग राम्रोसँग चलाउन सकेमात्र आम्दानी हुन्छ ।
नेपालमा वैदेशीक लगानीको वातावरण छ ।

पछिल्लो समय ठूला घरानाको आकर्षण हस्पिटालिटी इन्डष्ट्रीमा देखिन्छ । हस्पिटालिटीमा धेरै ठूला घराना एकैचोटी आकर्षित हुनुको कारण के हो ?

नेपाल पर्यटनमा ठूलो सम्भावना भएको मुलुक हो । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछन् । यसले पर्यटक आगमन ह्वात्तै बढाउँनेवाला छ । त्यसका लागि तयारी त अहिलेदेखि थाल्नुपर्‍याे । त्यसैले धेरैजना एकैचोटी हाम्फालेको देखियो ।

सरकारको तथ्यांकले पर्यटक घटिरहेको देखाउँछ, तारे होटेलमा धमाधम लगानी बढिरहेको छ । कतै होटेलको ‘ओभर फ्लो’ हुने त होइन ?

नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पूर्वाधार बनेपछि स्वतः पर्यटक आगमन बढ्छ । अहिले पनि होटेलको संख्या कम छ । भैरहवा विमानस्थल सञ्चालनमा आउने वित्तीकै भइरहेका होटेलले पुग्दैन । होटेल क्षेत्रमा व्यावसायिक घरानाका नयाँ पुस्ताहरू छिरिरहेको देखिन्छ । ‘सप्लाइ क्रियट्स डिमान्ड’ भन्छन् । सप्लाइ भएपछि डिमान्ड भइहाल्छ । होटेलले नै पर्यटक तान्न थाल्छन् । होटेल भनेको तत्कालै नाफा कमाउने होइन, दीर्घकालमा कमाउने हो । द्वन्द्वमा धेरै होटेलहरू बन्द भएका थिए । अब त्यस्तो नहोला ।

उद्योग बन्द गरेर ट्रेडिङमा लाग्नेहरू पनि उत्तिकै छन् । उद्योग चलाउनभन्दा व्यापार गर्न सजिलो हो ?

नेपालमा उद्योग चलाउनभन्दा व्यापार गर्न सजिलो छ । उद्योग राम्रोसँग चलाउन सकेमात्र आम्दानी हुन्छ । तर, व्यापारमा नाफा फिक्स्ड हुन्छ । व्यापारमा जोखिम कम हुने हुँदा आकर्षण बढी नै देखिएको छ । आयातित खाद्य वस्तुहरू बिक्री गरेर धेरै कम फाइदा हुन्छ । तर, राम्रो पक्ष घाटा हुने सम्भावना कम हुन्छ ।

त्यसो त नेपालमा उद्योग चलाएर राम्रो गरिरहेका धेरै उदाहरण छन् । जगदम्बाले धेरे राम्रो प्रगति गरेको छ । उद्योग चलाउन राम्रो म्यानेजमेन्ट चाहिन्छ । उद्योगमा आफ्नो क्षमता, म्यानेजमेन्ट र रणनीतिले सफलता दिलाउने हो । व्यापार कुन ब्रान्डको एजेन्सी हो, त्यसमा भर पर्छ ।

गाडी र मोबाइल व्यापारमा हानथाप देखिन्छ नी ?

गाडी र मोबाइल ग्रोइङ इन्डष्ट्री हो । यसको व्यापार वृद्धि भइरहन्छ । मोबाइल र गाडीका प्रयोगकर्ता बढिरहेका छन् । मोबाइलको प्रयोग बढ्न थालेको छ । फोटो तथा भिडियो खिच्नेदेखि इन्टरनेट चलाउन र गेम खेल्न मोबाइल प्रयोग हुन थालेको छ । नयाँ-नयाँ टेक्नोलोजी भित्रिरहेका छन् । नेपालमा पनि महंगा मोबाइल बोक्नेहरू बढेका छन् । व्यापार बढेपछि त आकर्षण बढिहाल्छ ।

LEAVE A REPLY