कोरियामा देवकोटाको कृतिमाथि चर्चा

0
296

सोलः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति र व्यक्तित्वको चर्चा साथै स्रष्टा सम्मान गरेको छ । देवकोटाको १०८ औं जयन्तीको अवसरमा आइतबार गरिएको कार्यक्रममा साहित्यकार निर्मोही व्यास र कोरियन कवि किम ह्यङ ह्योलाई अनेसासले विशिष्ट सम्मान गरेको हो ।

Advertisements

२०१७ सालदेखि लेखनयात्रा थालेका व्यासले कविता–काव्य, आख्यान, यात्रा साहित्य, संस्मरण, समालोचना गरी दर्जन बढी पुस्तकहरू प्रकाशित छन् । साथै उनका विभिन्न पत्रपत्रिकामा लेख, समालोचना, कविता, गीत, कथा, निबन्ध, संस्मरण र नियात्रा गरी तीन सय बढी फुटकर रचनाहरू प्रकाशित छन् ।

कार्यक्रममा नेपाली नाम सगरमाथा गुरुङबाट परिचित कोरियन कवि किम ह्यङ ह्योलाई विशिष्ट सम्मान गरिएको थियो । कवि किमका मुना मदनको आकाश, बाटो हिँड्ने बटुवाहरू, खुसी मानिस र आकाशे समुद्रको गीत नेपाली र कोरियन भाषामा प्रकाशित बालसाहित्य हुन् भने उनले महाकवि देवकोटाको यात्री र वन कविता कोरियन भाषामा अनुवाद गरी प्रकाशित गरेका छन् ।

LEAVE A REPLY