'सत्यमोहन जोशी पदक' दुई सयभन्दा बढीलाई दिइने

0
325

काठमाडौं: त्रिमूर्ति निकेतनले शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानको प्रचारप्रसार गर्ने तथा जोशीको शताब्दी महोत्सवमा योगदान गर्ने देशविदेशका दुई सय पाँच जनालाई ‘सत्यमोहन जोशी पदक’ प्रदान गर्ने भएको छ।

Advertisements

निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको बैठकले आगामी मङ्सिर १ गते काठमाडाैंमा आयोजना गरिने कार्यक्रममा ‘सत्यमोहन जोशी पदक’ समर्पण गर्ने निर्णय गरेको निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए।

निकेतनकै पहलमा विसं २०७१ मङ्सिर १५ गते तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमको उपस्थितिमा जोशीलाई शताब्दी पुरुष घोषणा गरिएको थियो। साहित्यकार तथा संस्कृतिविद् जोशी हाल ९७ वर्षका भएक छन्।

LEAVE A REPLY