ओरालो लाग्दै बारफोनको बजार

0
222

काठमाडौंः मोबाइल प्रयोग गर्ने सबैलाई बारफोन बोकेको अनुभव त पक्कै होला ? किप्याड भएको सानो अनि हातमा बोक्न सजिलो त्यो बारफोनको बजार पछिल्लो समय घट्दै गएको छ । स्मार्टफोनको बढ्दो प्रयोगले बजारमा बारफोन प्रयोगमा केही कमी आएको छ ।

Advertisements

विस्तारै बारफोन प्रयोग गर्ने प्रयोगकर्ताको आकर्षण स्मार्टफोनतर्फ हुने भएकाले बारफोनको प्रयोगमा कमी आएको हो । बजार घट्दो भए पनि नेपाली फोन बजारमा बारफोनले ठूलो हिस्सा ओगटेको छ । विशेष गरी ग्रामीण भेगमा ठूलो बजार हिस्सा ओगटेको बारफोनले काठमाडौंजस्ता ठूला सहरमा पनि राम्रो स्थान बनाएको छ ।

बजारमा कलर्स, सामसुङ, जियोनी, माइक्रोम्याक्स, डीटीसीलगायतका दर्जनौ कम्पनीले बारफोनको बिक्री गरिरहेका छन् । आठ सयदेखि चार हजार मूल्यसम्मका बारफोन बजारमा उपलब्ध छन् । सेफ्टीफोनका रूपमा स्थापित हुँदै गएको बारफोन पछिल्लो समय स्मार्टफोन बोक्ने मानिसका हातमा पनि देखिन थालेको छ ।

एउटा पकेटमा स्मार्टफोन बोक्ने मानिसले अर्को पकेटमा बारफोन बोक्ने गरेका छन् । यस्तो अवस्था भए पनि बारफोनको बजार प्रतिदिन घट्दो क्रममा रहेको माइक्रोम्याक्स मोबाइलका मार्केटिङ प्रमुख भुपाल क्षेत्री बताउँछन् । उनका अनुसार प्रयोगकर्ताको आम्दानी र आवश्यकता परिवर्तन हुँदै जाँदा बारफोनको बजार खस्किदै गएको हो ।

‘मानिसहरू स्मार्टफानेमा रमाउँन चाहान्छन्, स्मार्टफानले मानिसका आवश्यकता परिपूर्तिका लागि केही हदसम्म सहयोग नै गरेको छ ।’ क्षेत्री बताउँछन्, ‘तर अझै पनि नम्बरको आधारमा बारफोनको बजार हिस्सा ठूलो छ ।’

LEAVE A REPLY