मिर्गौला रोगबाट यसरी बचौं

0
380

संसारभर १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी कुनै न कुनै समस्याबाट पीडित छन् । यस तथ्याङ्कको आधारमा नेपालमा पनि करिब २७ लाख मानिसमा मिर्गौला सम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । जसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मिर्गौला बिग्रने गरेको छ ।

Advertisements

यस्तैप्रत्येक वर्ष दुई हजार ७ सयको मिर्गौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

मिर्गौला रोगको शीघ्र पहिचान तथा समयमै निदान नै मिर्गौला स्वस्थ राख्ने मुख्य उपाय हो । मिर्गौला स्वस्थ राख्न हरेक दिन कम्तीमा साढे दुई/तीन लिटर पानी पिउनुपर्छ । यसका साथै मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ ।

उच्च रक्तचापमधुमेह र बाथका रोगीहरुलाई मिर्गौला रोगको खतरा बढी हुन्छ । यस्तैलामो समयसम्म दुखाइ कम गर्ने औषधि सेवन गर्ने गरेका र ५० वर्षभन्दा माथिका मानिसलाई पनि मिर्गौला रोगको जोखिम बढी हुन्छ ।

मिर्गौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महँगो पर्छ । यसैले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ । हामीले हरेक वर्ष अनिवार्य रुपमा मिर्गौला परीक्षण गराउनुपर्छ । परीक्षणमध्ये पिसाबको जाँचरगतमा क्रियाटिनिनको स्तर र अल्ट्रासोनोग्राफीयुएसजी मार्फत मिर्गौलाको अस्था जचाउनुपर्ने हुन्छ ।

विलासितापूर्ण जीवनशैलीले मोटोपनसँगै उच्च रक्तचाप र मधुमेह देखिएमा मिर्गौलाका समस्या देखिने सम्भावना बढी हुन्छ । मिर्गौलामा समस्या देखा परिसकेको छ भने समयमै विशेषज्ञको परामर्श र निगरानीमा उपचार सुरु गरिहाल्नुपर्छ ।

जोगिन के गर्ने ?

मिर्गौलाको समस्याबाट जोगिन सामान्य जीवनशैली, सन्तुलित खाना र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ । बिहान वा बेलुका कम्तमा ३० देखि ४५ मिनेट हिँडडुल गर्नु अनिवार्य छ । शरीरमा बोसोको मात्रा घटाई तौल नियन्त्रणमा राख्नुपर्छ । यसका साथै खानामा नुनको मात्रा कम गर्नुपर्छ ।

उच्च रक्तचापमधुमेह भएकाहरुले नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । त्यस्ता बिरामीले नियमित रुपमा औषधि सेवन नगर्दा पनि मिर्गौला फेल हुने सम्भावना बढ्छ ।

मिर्गौला फेल हुनुअघि नै सचेत होऔं

पछिल्ला दिनहरुमा मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल आउनेमा वैदेशिक रोजगारीका लागि खाडी मुलुकहरुमा गएर फर्किएका नेपालीहरुको संख्या पनि ठूलो छ । खाडी मुलुकहरुमा खानेपानीको अभाव र कडा परिश्रम अनुसार पर्याप्त पानी नपिउँदा धेरै नेपालीको मिर्गौला फेल हुने गरेको छ ।

ती मुलुकमा हरियो सागसब्जीभन्दा माछामासु सस्तो हुने भएकाले नेपालीहरुले खानामा अत्यधिक माछामासु प्रयोग गर्ने गरेकाले पनि मिर्गौलामा समस्या देखिने गरेको पाइएको छ ।

मिर्गौला उपचार सम्भव नभएपछि अर्को विकल्पको रुपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा मिर्गौला प्रत्यारोपणका लागि सामान्यतः साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । प्रत्यारोपणका लागि मिर्गौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छजुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपण अघिको डाइलासिसको खर्च समेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन ।

यसैले मिर्गौला जोगाउनका लागि सन्तुलित जीवनशैली अपनाउनुका साथै बेलाबेलामा स्वास्थ्य परीक्षण गराउनु धेरै हिसाबले बुद्धिमानी हुन्छ ।

(डापहारी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालधापासीका कन्सल्ट्यान्टनेफ्रोलोजिष्ट हुन् ।)

LEAVE A REPLY