एसिया कप क्रिकेटमा नेपालको दोस्रो हार, श्रीलंकासँग ८ विकेटले पराजित

0
275

काठमाडौंः ट्वान्टी ट्वान्टी महिला एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो खेलमा पनि पराजय व्यहोरेको छ।

Advertisements

थाइल्याण्डमा जारी एसिया कप क्रिकेटको दोस्रो खेलमा सोमबार नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भयो। नेपालले दिएको २४ रनको झिनो लक्ष्य श्रीलंकाले ४ दशमलब ३ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो।

श्रीलंकाका लागि हसिनी परेरा १७ अविजित रहँदा यशोधा मेण्डिसले ४ तथा दिलानी मनोदरा र छमारीले १–१ रन जोडेका थिए।
नेपालका लागि कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक–एक विकेट लिए।

यसअघि पहिले टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १६ दशमलब २ ओभरमा सवै विकेट गुमाउँदै मात्र २३ रन बनाएको थियो। नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १६ रन जोडिन्। त्यो बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नेपालका सीता राणा मगरले ४ तथा कप्तान रुविना क्षेत्री १ रन बनाए।

काजल श्रेष्ठ, नेरी थापा, इन्दु बर्मा, रश्मी चौलागाईँ, करुणा भण्डारी, सरिता मगर, सवनम राई र सरस्वती कुमारी खाता नै नखोली पेभिलियन फर्केका थिए।

यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो। अब नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

LEAVE A REPLY