फ्राङ्क रिवेरी सन् २०१८ सम्म वार्यन म्युनिखमै रहने

0
270

काठमाडौंः फ्राङ्क रिवेरीले वार्यन म्युनिखसँग नयाँ सम्झौता गरेका छन्। विङ्गर रिवेरीले वार्यन म्युनिखसँग आइतबार थप दुई वर्षको नयाँ सम्झौता गरेका हुन्। ३३ वर्षीय रिवेरी अब सन् २०१८ सम्म वार्यन म्युनिखमै रहनेछन्।

Advertisements

सम्झौतापछि रिवेरीले वार्यनबाट थप दुर्इ वर्ष खेल्न पाएकोमा आफू खुशी भएको बताएका छन्। उनले भनेका छन्,‘फुटबलका लागि यो महान क्लब हो। यो शहर आफ्नै घर जस्तो भइसकेको छ।’

रिवेरीको यो सिजनको अन्तिममा वार्यन म्युनिखसँगको सम्झौता सकिँदै थियो। रिवेरी मार्सिल्लीबाट सन् २००७ मा वार्यनसँग आबद्ध भएका हुन्। रिवेरीले अहिलेसम्म ६ वटा बुन्डेसलिगा र एक पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेका छन्। वार्यनबाट रिवेरीले सवै खाले १८ वटा उपाधि जितेका छन्।

LEAVE A REPLY