बार्सिलोना मसँग मात्रै भर परेको छैनः मेसी

0
323

काठमाडौंः बार्सिलोना ला लिगा फुटबलको अघिल्लो खेलमा मालागासँग गोलरहित बराबरीमा रोकिँदा लियोनल मेसीलाई टोलीमा थिएनन्।

Advertisements

तर, त्यसपछि भएको च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलमा सेल्टिकविरुद्ध मेसीलाई मैदान उतारियो र त्यो खेलमा दुई गोल गर्दै मेसी खेलमा फर्किए।

च्याम्पियन्स लिग फुटबलको उक्त खेलपछि सेल्टिकका प्रशिक्षक ब्रेन्डन रोजर्सले मेसी टोलीमा हुँदा बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्न सक्ने बताएका थिए। तर, मेसी भने उनको भनाइमा सहमत छैनन्। मेसीले बार्सिलोना आफूसँग मात्रै भर नपरेको बताउँछन्।

उनले आफ्नो अनुपस्थितिमा पनि बार्सिलोना जित निकाल्न सफल हुने बताए। उनले भने,‘म टोलीमा नहुँदा पनि बार्सिलोना जितका लागि संघर्ष गर्दैन्।’

‘बार्सिलोना ममा मात्रै भर परेको छैन र पर्दैन पनि,’ २९ वर्षीय मेसीले बार्सिलोनामा आयोजित एक कार्यक्रममा भने,‘म विश्वैकै उत्कृष्ट टिममा छु। बार्सिलोना एउटा खेलाडीमा भर पर्दैन।’

LEAVE A REPLY