रोनाल्डो पुरानै लयमा फर्किएः जिदान

0
270

काठमाडौंः रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो आफ्नो पुरानो लयमा फर्किएको बताएका छन्। ला लिगा अन्तर्गत स्पोटिङ गिजोनविरुद्ध दुई गोल गर्दै रियल मड्रिडलाई कठिन जित दिलाएका रोनाल्डो अहिले फर्ममा आएको जिदानले बताएका हुन्।

Advertisements

चोटमुक्त भएर मैदान फर्किदा सुरुमा गोल गर्न नसकेपनि रोनाल्डो अहिले आफ्नो पुरानो लयमा फर्किएको जिदानले बताए। ‘रोनाल्डो भनेको हो यही हो। जसले जुनसुकै खेलमा जतिबेला पनि गोल गर्न सक्छ, जिदानले भने,‘कहिलेकाहीँ उसले गोल गर्न नसक्दा मान्छेहरु रोनाल्डोले राम्रोसँग खेलेन भन्ने गर्छन्।’

क्रिष्टियानो रोनाल्डोले ला लिगाका पछिल्ला दुई खेलमा पाँच गोल गरेका छन्। युरो कप २०१६ को फाइनल खेलमा घाइते भएका रोनाल्डो चोटमुक्त हुँदै खेलमा फर्किएपनि रोनाल्डोले गोल गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो। रोनाल्डोले ला लिगा फुटबलमा यो सिजन १० गोल गर्न सफल भए। रोनाल्डोपछि बार्सिलोनाका लियोनल मेसी र लुइस स्वारेजले ८–८ गोल गरेका छन्।

LEAVE A REPLY