सम्पादकिय

0
383

यौटा संकल्प- देशको लागी

Advertisements

नमस्कार,

आजवाट हामी पनि उदायौं यौटा संकल्प बोकेर देश र जनताको खातिर। यौटा यस्तो संकल्प जसले अठोट गर्नैपर्दछ, अभिभारा वहन गर्नैपर्दछ र जुर्मुराउंदै उठ्नैपर्दछ मातृभूमी सिंगार्नको लागी।

हामिलाई यौटा समृद्ध एवं सवल राष्ट्र चाहिएको छ। सदैवको गरिवी, पछौटेपन, हेपिएर, दविएर र अन्याय सहेर अवपनि हामी वस्न सक्तैनौं। ईतिहास देखी आजसम केलाएर हेर्ने हो भने शाषक र जनताविच सदैव कटुतापुर्वक एवं अन्यायपूर्ण व्यवहार भैआयो। राज्यसंचालन गर्नभन्दै गएका शाषकहरु उल्टै शोषक बनेर निस्किए, फलत: न देश समृद्ध बन्यो, न नै जनताले स्वतन्त्रता महसुस गर्न पाए।

भ्रष्टाचार, महंगी, कालोबजारी, अराजकता, थिचोमिचो, अन्याय, अस्थिरता,कुशाषन,परनिर्भरता आजसम्म पनि नेपालको परिचय बनिराखेका छन, हो यसलाई चिर्नु छ, यौटा संकल्प आजैदेखी गर्नुछ।

मान्छे मान्छेमा द्वन्द छ, अहम् छ, मपाईत्व छ र सवैभन्दा ठूलो कुरा स्वार्थ छ। स्वार्थ दूईथरी छ मान्छेमा-ब्याक्तिगत स्वार्थ र सामुहिक स्वार्थ।

समय र दायित्ववोध हुनेहरु समकालीन असहज परिस्थितिमा सहज वातावरण सिर्जना गर्दै आफ्नो जिवनलाई अझ सिर्जनशिल एवं उर्जावान बनाउंदछन, जुन उर्जा सामुहिक हितको खातिर प्रयोग हुनेगर्दछ। हरेक ब्याक्तिको आफ्नो यौटा सानो परिवार हुन्छ र परिवारसंग गांसिएर आएको उस्तै यौटा सानो सपना पनि हुन्छ। समाज हुँदै देश मनमुटुमा गांसिएर आउँछ यौटा सपुतको।

देश दुख्न अझैपनि छाडेको छैन। सशस्त्र युद्धका घाऊहरु अझैपनि ताजा छन। शान्तिसम्झौतासंगै बढो तामझामका साथ (नेताहरुकै भनाईमा) भित्रीएको गणतन्त्र पनि अब नावालक रहेन। समय बितिरह्यो मात्र वितिरह्यो। वास्तवमा त्यो गणतन्त्र अहिले आएर नक्कली गणतन्त्र लाग्न छाडेको छ। कुरा गर्दा पश्चगामी भन्लान, तर गणतन्त्रको नाममा धेरै लूट, छूट, भ्रम, सौदाबाजी, निरिहता, स्वेच्छाचारीता, कुशासन, पतित नैतिकता, गैरजिम्मेवारिता, मपाईत्व, कुटनैतिक स्खलन लगायत कयौं विकृतिहरु मौलाईरहेका छन।

गणतन्त्र सुनौलो सपना हुन्थ्यो भने सायद आज जनतामा यतिविधी नैराश्यता उत्पन्न हुनेथिएन। जनतामा यति आक्रोश छ कि नेतृत्वप्रति सायद यसको आंकलन नेतृत्वले महसुस गर्न अझै सकेको छैन। जनतालाई खुलेआम झुठ बोलिएको छ। जनतालाई बलिको शूली चढाईएको छ भने नेतृत्व जनतालाई पाखण्डी को संज्ञा दिंदै आफूभने स्वघोषित हैशियतवाला बन्दैछन। यस्ता विकृतिविरुद्ध हाम्रो आवाज शसक्त हुनेछ।

आदरणीय पाठकगण,

अनलाईन पत्रीकाको भिडमा हामीपनि अव वेग्लै परिचयका साथ उदाएका छौं। अनलाईनहरुको भिडमा फेरि अर्को भिडमात्र थप्न नभई हामी यौटा जिम्मेवारी र संकल्पकासाथ उपस्थित छौं। हामी सत्य, तथ्य र निष्पक्ष एवं सन्तुलित समाचार पस्किनेमात्र नभई कुशाषनको विरुद्ध खरो उत्रीनेछौं। हाम्रो परिकल्पना समृद्ध नेपालको परिकल्पना हो।। हामीलाई धेरै लामो यात्रा तय गर्नुछ, जुन यात्रा यौटा संकल्पका साथ मात्र हुनेछ। संकल्पबिनाको यात्रा अधुरो नै रहनेछ। त्यसैले यस अनवरत यात्रामा यहाँहरुको पनि साथ, सहयोग र हौसला एवं निरन्तर खवरदारीको नितान्त जरुरी हुनेछ। तवमात्र हामी हाम्रो लक्ष्यमा पुग्न सफल हुनेछौं। त्यसैले आउनुहोस, तपाईंहामी संगै मिलेर हातेमालो गर्दै अंघी बढौं, गन्तव्यमा अवश्य पुगिनेछ। आउनुहोस गरौं यौटा संकल्प समृद्ध नेपालको लागी।

जय नेपाल

प्रकाशित मिति: २०७३/१०/१६ शुक्रवार

LEAVE A REPLY