कांग्रेसको ध्यानाकर्षण

0
263

fb_img_1480662334578बन्द तथा प्रदर्शनका क्रममा पुष्पलालपार्कमा रहेकोे सहीद स्मारकमा भएको तोडफोडप्रति आफ्नो ध्यानाकर्षण भएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।

बुटवलमा भएको प्रदर्शनका क्रममा आन्दोलनलाई अराजक बनाइएको भन्दै कांग्रेसले आन्दोलनलाई संयमित र सन्तुलित बनाउन आन्दोलनरत पक्षसँग आग्रह गरेको छ ।

Advertisements

पार्टिका जिल्ला सचिव रामकृष्ण खाँडले आज एक विज्ञप्ती निकालेर शहिद स्मारक जस्तो स्थानमा तोडफोड गरेर आन्दोलनलाई अराजक बनाउने कार्य गरिएको भन्दै त्यसप्रति आफ्नो ध्याकर्षण भएको जनाउनु भएको छ ।

उक्त कार्यमा आफ्ना पार्टिका कुनै पनि कार्यकर्ताको संलग्नता नरहेको समेत उहाँले जानकारी गराउनु भएको छ । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग गराएको विरोध प्रति आफ्नो पनि समर्थन रहेको भन्दै सचिव खाँडले आन्दोलनलाई शान्तिपुर्ण बनाउन आग्रह गर्नु भएको छ ।

नागरिक आवाज डट कम बाट।

LEAVE A REPLY