गुल्मीमा सशक्त प्रदर्शन

0
310

fb_img_1480670047982दिनेश ज्ञवाली,

आज देखि गुल्मीमा अनिश्चिकालिन आम हड्ताल हुने भएको छ। हिजो साँझ सम्पन्न विभिन्न राजनैतिक दल , संघ संस्था ,पत्रकार ,नागरिक समाज लगायतको बैठकले आज देखि गुल्मीमाआन्दोलनको कार्यक्रमलाई थप सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।यातायात, बजार ,पसल ,सरकारी कार्यालय
सबै ठप्प बनाउने सर्वदलिय बैठकले निर्णय गरेको छ । आज एक
दिनका लागि शैक्षिक संस्थाहरु खुल्ने तथा भोली देखि सबै
क्षेत्र अनिश्चिकालका लागि बन्द गर्ने बताइएको छ । आज
जिल्ला प्रशांसन कार्यालय, जिल्ला विकास समितिको
कार्यलय गुल्मी लगायतका कार्यालयमा कामकाज ठप्प पार्ने
निर्णय समेत गरिएको छ जसको लागी अहिले विहान ९ बजे सवै
नागरिकलाई लाकुरी मञ्चमा उपस्थित हुन समेत सर्वदलिय
बैठकले आग्रह गरेको छ । साथै गुल्मीको सदरमुकाम तम्घास
लगायत गुल्मी जिल्लाका सबै बजार क्षेत्रमा दिउँसो १ बजे हुने
जुलुस प्रर्दशनमा सहभागी भैदिन समेत सर्बदलिय बैठकले सबै
गुल्मेलीहरुलाई आव्हान गरेको छ । आन्दोलनलाई प्रभावकारी
बनाउन ९ सदस्य रहेको आन्दोलन परिचालन समिति समेग गठन
गरिएको छ । जसमा विभिन्न रानैतिक दलबाटहरु बाट ५ जना
,पत्रकार महासंघ ,गैरसरकारी संस्था महासंघ ,उद्योग वाणिज्य
संघ , नागरिक समाज बाट १ १ जना गरि ९ जनाको समिति
निर्माण गरि आन्दोलनलाई सशक्त प्रभावकारी ढङ्गबाट
अगाडि बढाउने निर्णय समेत गरेको छ ।

Advertisements

LEAVE A REPLY