बुटवलमा उर्लीयो मानवसागर

0
275

fb_img_1480672255066

मंसीर १६, सरकारले संविधान संसोधन प्रस्ताव संसदमा दर्ता गराएलगत्तै प्रदेश नं.४ र ५ मा ब्यापक विरोधको लहर उठ्न थालेको छ। यसैस्वरुप आज बुटवलमा पनि ब्यापक विरोध प्रदर्शन भएको छ। आन्दोलनकारीले माओबादीले निर्माण गरेको स्तम्भको रेलिङ वाल भत्काएका छन् । भने स्मारकपनि भत्काउने प्रयास गरेपछि बुटवल तनावग्रस्त बनेको छ ।
बुटवलमा भागदौड मच्चिदा केहि आन्दोलनकारी घाइते समेत भएका छन् । अस्पताललाइनमा सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक मुकुन्द मरासिनीकै नेतृत्वमा तनाब नियन्त्रणका लागि प्रयास भएको छ ।
अहिले सो क्षेत्रमा बाक्लो संख्या सुरक्षाकर्मी तैनाथ गरेर स्तम्भलाइ घेरेर राखिएको छ । मुख्य राजमार्गभर सडकमा ढुंगै ढुंगा छन् । त्यस्तैगरी बुटवलको पाल्पाबसपार्क नजिकै रहेको रातोघर (बिप्लव) नेकपा माओबादी पार्टी कार्यालय फोड्ने प्रयासमा ढुंगा प्रहार गरिएको छ । बन्दकर्ताहरु माओबादी पनि निकै आक्रोशित देखिन्छन् ।

Advertisements

प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । बुटवलका अन्य स्थानमा शान्त अबस्था रहेपनि अस्पतालाइनमा प्रहरीलाइ चौतर्फी घेरेर आन्दोलनकारीले ढुंगा प्रहार गरेपछि स्थित भयवित बनेको हो ।
आन्दोलनमा खास नेतृत्वको अभाबका कारण बन्दले अराजक परिस्थिती सिर्जना गरेको हो ।आन्दोलनकारी अराजक बन्दै गएपनि सुरक्षा निकायले भने निकै सर्तकता र संयमता अपनाएको देखिएको छ ।

नागरिक आवाजवाट

LEAVE A REPLY