स्वतन्त्र मधेसको नाममा देश टुक्र्याउन खोजेको कमल थापाको आरोप

0
275

download

 

 

 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठूला पार्टीका अकर्मण्यता, गलत नीति र गलत मार्गचित्रका कारण देश अहिले संकटै संकटको चक्रव्यूहमा फस्न थालेको बताएका छन् ।

Advertisements

दुई पार्टीको एकीकरणपछि पहिलो पटक राजधानी बाहिर कार्यकर्तामाझ आएका अध्यक्ष थापाले शुक्रबार भरतपुरमा आयोजित संयुक्त कार्यकर्ता भेलामा नेपाल एकीरण भएको २ सय ५० वर्षयता अनेकौ राजनीतिक अवरोह आए पनि अहिले जस्तो नेपाल टुक्र्याउने आवाज कहींकतैबाट नउठेको जिकिर गरे । अहिले सानै समूहमा भए पनि देश टुक्र्याउनुपर्छ, स्वतन्त्र मधेस नामको नयाँ देश बनाउनुपर्छ भनेर क्रियाशील रहेको उनले बताए ।

उनले माओवादीे जनयुद्धमा नेताहरुका असक्षमता, सत्तालिप्साका कारण ठूलो मुल्य चुकाउनु परेको बताए । ‘हाम्रो दुई पार्टी एकीकरण हुनु दुर्गतितिर फस्दै गएको देशलाई निकाल्न हो’ उनले कार्यकर्तासामु भने ।’ उनले अरु धर्म मान्नेहरुको सम्मान गर्दै नेपालाई हिन्दुराष्ट्र हुनुपर्नेमा पुन: जोड दिए ।

अध्यक्ष थापाले सानो झिल्कोमा रहेका विखण्डकारी पछि डरलाग्दो बन्न सक्ने बताए । देश टुक्र्याउन स–साना स्वरहरु बाहिर रहेको भन्दै पछि खतराको अवस्था सिर्जना हुन सक्ने तर्फ उनले सचेत गराए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता एवं भुमिसुधार मन्त्री विक्रम पाण्डेले राप्रपातिर धेरै मान्छेको चासो बढेकाले आगामी निर्वाचनमा ठूलो सफलता दिलाउन कार्यकर्तालाई एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । भेलामा गाउँगाउँबाट आएका कार्यकर्ताको भीडभाड थियो ।

‘हाम्रो राष्ट्रिय अखण्डतामाथि ईतिहासमै सर्वाधिक कठिन चुनौती देखा परेको छ’ उनले भने, ‘सानै समूहबाट शुरु भएको माओवादी जनयुद्धले १० वर्षमा के निम्त्यायो, भन्ने हामीसामु छर्लङ्ग छ ।’ निर्धारित समयभन्दा निकै ढिला आएका अध्यक्ष थापाले मुलुकको संकटका बारेमा ठुला दललाई आरोप लगाएका थिए ।

 

कान्तिपुर दैनिकवाट।

LEAVE A REPLY