थाइल्यान्डका साहित्यकार घिमिरेलाई सम्मान

0
297

काठमाडौः प्रवासमा नेपाली भाषा साहित्यको सेवामा समर्पित पं. अशोक घिमिरेलाई काठमाडौंमा सम्मान प्रदान गरिएको छ । हातेमालो साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा भाषासेवी एवं सर्जक घिमिरेलाई सम्मानित गरिएको हो।

Advertisements

कार्यक्रममा प्रवासबाट सिर्जना गरिएका गजल संग्रहहरू पनि विमोचन गरिएका थिए । साहित्यकार घिमिरेका पुर्खा बसाइँ सर्दै धुरकोट गुल्मीबाट म्यान्मा पुगेका थिए ।

प्रवासमा रहेका नेपाली भाषीबीच नेपाली भाषाको प्रचार प्रसारमा उनको योगदान रहेको छ । घिमिरे वर्षौंदेखि म्यान्मा र थाइल्यान्डमा रहेर नेपाली भाषाको सेवामा समर्पित छन् । मातृशक्ति, आध्यात्मिक जागरण, साधना जागृति संग्रह, अशोक कविता संग्रह, थाइल्याण्डको प्रशस्ति, थाई नेपाली भाषा सिकौं घिमिरेका सिर्जना हुन् ।

थाइल्यान्डमा करिब एक लाख नेपालीभाषी रहेको अनुमान छ । त्यहाँ बसोवास गर्दै आएका नेपाली भाषीलाई एकताबद्ध गर्न ‘नेपाली भाषा साहित्यको उत्थान हामी नेपालीको पहिचान’ भन्ने अभियान चलाएका छन् । सर्जक घिमिरेका पुत्र गौरवले उक्त सम्मान ग्रहण गरेका थिए ।

सोही कार्यक्रममा चारवटा कृति पनि विमोचन गरिएको थियो । गजलकार ज्ञानुवाकर पौडेल एवं प्रा. रामप्रसाद ज्ञवालीले कार्यक्रममा मनको बस्ती (विवशविक्रम चाम्लिङ), कुलागाङीको फेदीबाट (बैरागी माइलो), भुल्नै सकिनँ (सुशील रेग्मी) गजल संग्रह र एक अन्जुली सपना- कविता संग्रह (धर्मेन्द्र तिमल्सिना, क्षितिज) विमोचन गरेका थिए ।

चाम्लिङ बाहेक अरू तीनजना सर्जक हाल अमेरिका बसोवास गर्ने नेपाली भाषी भुटानी मूलका हुन् ।

LEAVE A REPLY