महिला एसिया कप क्रिकेट: भारतसँग नेपाल ९९ रनले पराजित

0
284

sankalpa-post

काठमाडौं:  एसिया कप ट्वान्टी ट्वान्टी महिला क्रिकेटमा नेपालले अन्तिम खेलमा भारतसँग पराजित भएको छ। थाइल्याण्डको बैंककमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको हो।

Advertisements

भारतले दिएको १२१ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपाल १६ दशमलब ३ ओभरमा सवै विकेट गुमाउँदै २१ रनमा समेटियो।

नेपालका लागि कुनै पनि ब्याट्स म्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन्। नेपालका लागि सरिता मगरले सर्वाधिक ६ रन जोडिन्। कप्तान रुविना क्षेत्री, करुणा भण्डारी र ज्योति पाण्डेले समान २–२ रन जोडे भने सीता राणा मगर र रोशनी बोहोराले १–१ रन बनाए।

नेरी थापा, नीरा राजोपाध्याय, शोभा आले, संगीता राई र सरस्वती कुमारी खाता नै नखोली पेभिलियन फर्केका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पुरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा १ सय २० बनाएको थियो। नेपालका लागि रुविना क्षेत्रीले २ तथा करुणा भण्डारी र सीता राणा मगरले समान १–१ विकेट लिएका थिए।

नेपालको यो लगातार पाँचौ हार हो। नेपाल यसअघि भएका खेलमा थाइल्यान्डसँग ८ विकेट, पाकिस्तानसँग ९ विकेट, श्रीलंकासँग ८ विकेट तथा बंगलादेशसँग ९२ रनले पराजित भएको थियो।

LEAVE A REPLY