१२ बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनशन तोडे

0
310

काठमाडौं: २२ दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले अनशन तोडेका छन्। भूकम्पमा आमा गुमाएका साढे दुई वर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले आइतबार बिहान २२ दिन लामो आमरण अनशन तोडेका हुन्।

Advertisements

सरकारी वार्ता टोली र डा. केसीबीच १२ बुँदे सहमतिमा हस्ताक्षर भएपछि केसीले अनशन तोडेका हुन्। चिकित्सा शिक्षा सुधार, वरिष्ठताका आधारमा आइओएमको डीन नियुक्ति लगायत १० बुँदे माग राख्दै दशौं पटक डा. केसी आमरण अनशनमा बसेका थिए।

त्रिवि उपकुलपति कार्यालयले गत कात्तिक २८ मा प्रा.डा.केशवप्रसाद सिंहलाई डीन नियुक्त गरेपछि केसीले आमरण अनशन थालेका थिए। तर, केसीले बालहट देखाएकाले उनको जीवन रक्षाका लागि भन्दै सिंहले २० दिनपछि शुक्रबार राजीनामा दिएका थिए।govinda kcको लागि तस्बिर परिणामसिंहको राजीनामा पछि त्रिवि कार्यकारी परिषदको बैठकले शनिबारदेखि लागू हुने गरी डा. केसीको माग अनुसार बरिष्ठताका आधारमा डा. जगदीश अग्रवाललाई डीनमा नियुक्त गरेको थियो। बरिष्ठताका आधारमा डीन नियुक्ति गर्नु पर्ने डा. केसीको १० बुँदे मागको पहिलो नम्बरमा थियो।

डा. केसी र सरकार वार्ता टोलीबीच त्रिवि पदाधिकारीको नियुक्तिबारे अध्ययन गरी सुझाव दिन डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ। डा. केसीले त्रिवि उपकुलपति डा. तीर्थ खनियाँको बर्खास्तीको माग समेत गर्दै आएका छन्। Annapurna post.com

LEAVE A REPLY