कविता

0
366

narad-sirसिंगो रहोस् लुम्बिनी

 

नारद गौतम,
छातीभित्र अँगार छन् हृदयमा पाषाणको रास छ ।
काँडा छन् मुटुमा तिखा नयनमा आक्रोशको बासछ ।।
भित्री भाव विषालु वृक्षसरि छन् उद्देश्य नै नाश छ ।
मानाै हुन् अवतार यी असुरका त्यो उग्र आभास छ ।।
*****
देशद्रोह अभीष्ट साध्य छ यही उन्माद लागेछ नि ।
ऐले हात छ बागडोर मनको त्यो भूत जागेछ नि ।।
रच्दै जाल अनेक ताल जनता झुक्याउँदैछन् यिनी ।
टुक्रयाएर भविष्यमा मुलुकको गुम्दैछ यो लुम्बिनी ।।
******
तिम्रो चाह हुँदैन पूर्ण बुझ है टुक्रिन्न यो लुम्बिनी ।
झुक्याइन्छ नठान होश छ यहाँ झुक्किन्न यो लुम्बिनी ।।
ती काला मनका मुराद भुजुरी पार्दिन्छ यो लुम्बिनी ।।
तिम्रो दम्भ र नाकका सब जुका झार्दिन्छ यो लुम्बिनी ।।
******
सारा प्राण छ एक साहस महान् छन् चेतना जागृत ।
राख्छाैं भूमि अखण्ड देशमुटु हो पार्छाैं सधै रक्षित ।।
तिम्रा नाटक जाल जे र जति छन् षड्यन्त्र चिर्छाैं सब ।
चाहिन्छन् खुकुरी खुँडा यदि भने तत्काल भिर्छाैं अब ।।
******
उड्लान् है शिर बागियानहरु हो ! सोंचेर चल्ने गर ।
हामी हाैं जनताजनार्दन कुरा गम्भीर बुझ्ने गर ।।
जो छाै दुश्मन होशियार ! सबले यो दिन्छ चेताबनी ।
दिन्नाैं फुट्न फुटाल्न टुक्रिन सधै सिङ्गो रहोस् लुम्बिनी ।।

Advertisements

LEAVE A REPLY