सम्पादकिय

0
370

fb_img_1480662334578

सहमती कार्वान्ययन गर,

Advertisements

यौटा लज्जा त यो छ कि गणतन्त्रमा यौटै मुद्दा लिएर १०/१० पटकसम्म यौटै मान्छे निरन्तर सत्याग्रहमा छ। अर्को लज्जा यो छ, गणतन्त्रमा यस्ता कुरा नगण्य हुंदारहेछन। देशको शिर झुक्ला तर नेताको शिर झुक्दोरहेनछ।

सरकारसंगको १२ बुंदे सम्झौतपछि अनसनरत डा.गोविन्द के.सी. ले २२औं दिनमा आफ्नो अनसन तोडेका छन। स्वास्थ्य क्षेत्रमा ब्यापक सुधारको खांचो, त्रीवी शिक्षण अस्पतालमा वरिष्ठताका आधारमा डिन नियुक्ती लगायतका आम जनसवालका १० बूंदे माग राखेर के.सी. वारम्वार अनसनमा बस्दै आएका थिए। पटक पटक सरकारसंग सम्झौता पनि हुंदै आयो तर कार्वान्ययनका सन्दर्भमा नेतृत्वतहको हदैसम्मको उदासिनताले गर्दा उनलाई वारम्वार अनसन बस्नुपर्ने बाध्यता आईपरेको हो। सरकार भनेको यौटा जिम्मेवारपूर्ण अभिभावक हो। तर त्यहिं अभिभावकले वारम्वार आम जनसरोकारका विषयहरुमा बेईमानी गरिदिंदा सरकारप्रतिको जनविश्वास निरन्तर खस्कंदो छ भने अर्कोतर्फ सरकार विभिन्न तहका माफियाहरुको दवावमा रहेर काम गर्दछ भन्ने संदेश पनि प्रवाहित भएको छ। आम जनसरोकारका मूद्दाहरुमा वारम्वारको सरकारी उदाशिनताले गर्दा आज कयौं नागरिक राज्यद्वारा प्रदान गरिने अनेकन सुविधाहरुवाट वन्चित हुंदै आएका छन भने अर्कातर्फ त्यहिं सरकारी सेवाको वारेमा नागरिकलाई सूसूचित गराउन नसक्ता उक्त सेवा र सुविधालाई नागरिकले महंगोमा सेवा लिन वाध्य पारिएको छ। यसको कारक भनेको सरकारी कर्मचारी र मेडिकल माफियाहरुको संयुक्त चलखेल नै हो। यस्ताखाले सवै नाजायज चलखेललाई सरकारले यथासक्य छिटो रोकथाम गरि जनहितका पक्षमा ससक्त उंभिनु जरुरी छ।

विगतका दिनहरुमाझैं यसपाली पनि सरकार र अनसनरत डा.के.सी.का विच १२ बूंदे सम्झौता भएको छ। सम्झौतालगत्तै डा.के.सी.ले पनि आफ्नो २२ दिने लामो अनसनलाई स्थगित गरेका छन तर सहमती कार्वान्यन्यन हुनेमा भने शंका नै छ। विगतका अनुभवलाई हेर्नेहो भने यसपाली पनि उक्त सम्झौता अक्षरस: पालना होला भन्नेमा ब्यापक आशंका छ। यस्तो आशंका मेटाउन सरकारी पक्षवाट हदैसम्मको ईमान्दारिता देखाउनु जरुरी छ। कसैको दवाव वा पक्षपोषण नगरी भएका सम्झौतालाई कार्वान्यन गर्नेहो भने शिक्षा र मेडिकल क्षेत्रमा व्यापक सुधार एवं उन्नती हुनेछ। यसवाट प्रतक्ष्य लाभ लिने भनेको आम जनताले नै हो। जव जनताले राज्यको उपस्थिती सवल एवं सहज भएको महसुस गर्नेछन तवमात्र लोकतान्त्रिक प्रकृया एवं राज्यप्रणाली चुस्त हुनेछ। त्यसको लागी नागरिकतहवाट निरन्तर खवरदारीको आवश्यकता छ भने सरकारी तहवाट पनि निरन्तरको ईमान्दारिता एवं ईच्छाशक्तिको आवश्यकता रहन्छ। आशा छ आगामी दिनहरुमा फेरि पनि सरकारी उदाशिनताकै कारणले डा.के.सी. पुन: अनसनमा बस्नुपर्ने बाध्यता नआईलागोस। जनताको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहज एवं सर्वसुलभ पहुंच रहोस, सम्वन्धित सवैले मनन गर्नुपर्ने विषय नै यहिं हो।

 

 

 

 

 

 

LEAVE A REPLY