पार्टि भन्दा माथि उठेर जनताको हितका निम्ति अन्तिम लडाइ लडौं :चन्द्र भण्डारी

0
291

chandra-bhandariकांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले प्रदेश नं ५ कुनैपनि हालतमा प्रदेश टुक्राउन नदिने चेताबनी दिएका छन् । उनले कुनैपनि हालतमा जनताको भाबनामाथि खेलवाड गर्ने कसैको अधिकार नरहेको भन्दै तत्काल प्रस्ताव फिर्ता लिन आग्रह गरे । सरकारले अनाबश्यक ढंगले नागरिकको चित्त दुखाएको भन्दै जनता जागेमा सबै बढारिने उल्लेख गरे । कांग्रेसले मणिगा्रममा आयोजना गरेको सभालाइ सम्बोधन गर्दै भण्डारीले अब सबै मानिसहरु पार्टि भन्दा माथि उठेर जनताको हितका निम्ति अन्तिम लडाइ पर्ने बताए ।उनले सरकारको प्रस्ताव अस्बिकार्य भएको भन्दै सरकारको कडा आलोचना समेत गरे । सरकारले जनताको भावना बिपरित कदम चालेको भन्दै सडक र सदन दुबै तताउने र यो प्रस्ताब फेल बनाएर छाड्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

 

LEAVE A REPLY