एक कंगाल महिला कसरी बन्न पुगिन नवढनाड्य?

0
341

चर्चित ‘ह्यारी पोर्टर’ शृंखलाकी लेखक जेके रोलिङ विश्वकै धनाढ्यमध्ये गनिन्छिन् । कुनै समयमा उनलाई खाना जुटाउन पनि मुस्किल पथ्र्यो । असफल विवाह, असफल करिअर र सारा असफलताको पीडाबाट उठेर उनले आफूलाई संसारमै धेरै पढिने लेखकमध्ये उभ्याइन् । रोलिङले सन् २००४ अप्रिलमा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्वड विश्वविद्यालयमा दिएको कमेन्समेन्ट लेक्चरको सम्पादित अनुवाद :

Advertisements

सुरुआती मन्तव्य दिनु निकै ठूलो जिम्मेवारी हो । यसले मलाई आफ्नो ग्र्याजुएसनको दिनको सम्झना गराइरहेछ । त्यो दिन सुरुआती मन्तव्य दिने व्यक्ति ब्रिटिस दार्शनिक ब्यारोनस म्यारी वार्नोक हुनुहुन्थ्यो । उहाँको भाषण सम्झँदा मलाई यो मन्तव्य तयार गर्न उत्साह आएको छ । मलाई उहाँले भनेको एक वाक्य पनि पूरै सम्झना छैन । तथापि मैले प्रयास गरेकी छु । उहाँले के भन्नुभएको थियो ? अँ, ‘पाउनसक्ने लक्ष्य’ । आत्मविकासको पहिलो पाइलो यही हो । यस्तै भन्नुभएको थियो उहाँले ।वास्तवमा यहाँ के बोल्ने होला भनेर मैले मेरो मन र मस्तिष्क निकै खियाएँ । मैले आफैंसँग पटकपटक सोधें, ‘म ग्र्याजुएसन गर्दा के जान्दथें ? २१ वर्षको उमेरमा मैले त्यस्तो के महत्वपूर्ण पाठ सिकेकी थिएँ ?img_20161206_074117

म यहाँ दुईवटा जबाफ लिएर आएकी छु । एकेडेमिक सफलता मनाउन तपाईंहामी यहाँ जम्मा भइरहँदा मैले भने असफलताका फाइदाबारे चर्चा गर्ने निधो गरेकी छु । किनभने तपाईंहरू वास्तविक जीवनको प्रवेशद्वारमा हुनुहुन्छ । म तपार्ईंहरूलाई कल्पनाशक्तिको महत्वबारे बताउन चाहन्छु ।
यसो भनिरहँदा तपाईंहरूलाई अव्यावहारिक वा वाहियात कुरा गरेजस्तो लागिरहेको होला । कृपया धैर्य गर्नुहोस् ।

हार खाँदा पाएको ज्ञानले तपाईंलाई झनै ज्ञानी र बलियो बनाउँछ । दुःखकष्ट नबेहोरीकन तपाईंले कहिल्यै पनि आफैंलाई चिन्नुहुन्न र सम्बन्धको बलियोपना जाँच्न पाउनुहुन्न ।

अहिले ४२ बर्से जिन्दगीको आँगनबाट त्यो मैले ग्र्याजुएसन गरेको २१ बर्से जीवनलाई फर्केर हेर्दा अलि अप्ठेरो लाग्छ । त्यो समय म मेरो महत्वाकांक्षा र आफन्तहरूको इच्छाबीच नमिल्ने खालको सन्तुलन बनाउने प्रयास गरिरहेथें ।म आफू उपन्यास लेख्छु भन्नेमा विश्वस्त थिएँ तर मेरा अभिभावक भने मेरो वाहियात कल्पना र लहडीपनाकै ऋण तिन नसक्ने र पेन्सनवाला जागिर नपाउने भई भनी चिन्तित थिए । उनीहरू चाहन्थे मैले कुनै प्रावाधिक तालिम लिऊँ । म भने अंग्रेजी साहित्य पढ्न चाहन्थें । यो द्वन्द्वले एउटा सम्झौतामा पु¥यायो । म आधुनिक भाषा पढ्न गएँ ।

मैले क्लासिक साहित्य पढिरहेछु भनेर बाआमालाई भनेको सम्झना छैन । सायद उनीहरूले मेरो ग्र्याजुएसन डेमै पहिलोपटक थाहा पाए होलान् । उहाँहरूका निम्ति यो ग्रहमै भएका सारा विषयमध्ये ‘ग्रिक माइथोलोजी’ जस्तो काम नलाग्ने विषय अरू थिएन ।

म मेरा अभिभावकहरूलाई कुनै आरोप लगाउन चाहन्नँ । बाआमालाई आरोप लगाउने समयको पनि म्याद हुन्छ । तपाईंहरू आफ्नो जीवनको रथ कुन दिशामा लैजाने, त्यो चुन्न आफै सक्षम भइसक्नुभएको छ । त्यसैले तपाईंको जिम्मेवारी तपाईंसँगै हुन्छ । म मेरा बाआमालाई किन पनि आलोचना गर्न सक्दिनँ भने मैले कहिल्यै पनि गरिबीको अनुभव गर्नु परेन । हो, उनीहरू गरिब थिए र म पनि । तर मैले कहिल्यै पनि गरिबीलाई असफलताको कारकका रूपमा लिइनँ । गरिबीले डर, तनाव र निरासा जन्माउँछ । तर गरिबीबाट माथि आउने प्रयास हामी आफैंले गर्नुपर्छ । मलाई सधैंभरि गरिबीको भन्दा पनि असफलताको डर लागिरह्यो ।

तपाईंहरूको उमेरमा म विश्वविद्यालयका कक्षामा पस्नुको साटो क्याफेमा बसेर कथा लेखिरहेकी हुन्थें । परीक्षाहरू उत्तीर्ण गर्ने मेरो आफ्नै तरिका थियो । तपाईंहरूलाई असफलताबारे खासै थाहा नहुन सक्छ । भर्खर त तपाईंहरू जीवनको सुरुआत गर्दै हुनुहुन्छ । तपाईंलाई असफलता कस्तो हुन्छ भन्ने थाहा छैन होला । थाहा छ ? संसारले अनेकौं सीमा तोकेको हुन्छ तपाईंहाम्रा निम्ति ।

मेरो ग्र्याजुएसनको सात वर्षपछि म असफलताको उच्च बिन्दुमा पुगें । निकै छोटो वैवाहिक जीवन मभित्र पड्किरहेथ्यो । मेरो कुनै जागिर थिएन । गरिब बाआमा थिए । घरवारविहीनजस्तै कंगाल थिएँ म । मेरा बाआमालाई मेरो भविष्यप्रति जुन डर थियो त्यो सामुन्ने आएको थियो । हरेक क्षेत्रमा म एकदमै असफल साबित भइरहेथें ।

म यहाँ तपाईंहरूलाई त्यो असफलता रोमाञ्चक भन्दिनँ । त्यो समय मेरो जीवनकै कालो क्षण हो । मलाई त्यो कालो सुरुङ कति लामो थियो भन्ने थाहा थिएन, न त अन्त्यमा आशाको उज्यालो नै छ भन्ने थाहा थियो । त्यसो भए मैले किन असफलताको फाइदाबारे कुरा गर्ने त ? एकदमै सरल जबाफ छ, असफलताले अनावश्यक के हो भन्ने छुट्ट्याउन सिकाउँछ । मैले म जे हुँ त्योभन्दा फरक देखाउने सबै चालबाजी बन्द गरें र मेरो काम पूरा गर्न ज्यान फालेर लागिपरें । म अरू क्षेत्रमा सफल भएको भए सम्भवतः म मेरो यो खास क्षेत्र (लेखनको क्षेत्र) मा आउँदै आउँदिनथें होला । म सारा डरबाट पनि मुक्त भएँ किनभने जसको सबैभन्दा ठूलो डर थियो त्यही भोगिरहेथें । मसँग मेरी प्यारी छोरी थिइन् । मसँग थियो एउटा पुरानो टाइपराइटर र ठूलो आइडिया । मैले तिनै कडा चट्टानहरूमा मेरो नयाँ जीवनको जग हालें ।

सायद तपाईंहरू मजत्तिको असफल कहिल्यै हुनुहुने छैन तर कुनैकुनै असफलता पन्छाउनै नसकिने हुन्छन् । कतै पनि असफल नभईकन सफलतैसफलतामा बाँच्न सम्भव हुँदैन । असफलताले मलाई भित्रैबाट सुरक्षित महसुस गरायो । त्यो सुरक्षाबोध मैले कुनै पनि परीक्षा उत्तीर्ण गर्दा महसुस गरेकी थिइनँ । असफलताले मलाई जे सिकायो म त्यो अरू कुनै माध्यमबाट सिक्न सक्दिनथें । मैले मसँग बलियो इच्छाशक्ति रहेछ भन्ने पत्ता लगाएँ । मैले थाहा पाएँ मसँग आत्मानुशासन पनि उत्तिकै रहेछ अनि बुझें मसँग मूल्यवान् साथीहरू रहेछन् ।

हार खाँदा पाएको ज्ञानले तपाईंलाई झनै ज्ञानी र बलियो बनाउँछ । दुःखकष्ट नबेहोरीकन तपाईंले कहिल्यै पनि आफैंलाई चिन्नुहुन्न र सम्बन्धको बलियोपना जाँच्न पाउनुहुन्न । मैले विश्वविद्यालयका कक्षाहरूबाट पाएको ज्ञानभन्दा त्यो पीडादायी समयबाट पाएको ज्ञान साँच्चिकै गजबको ज्ञान थियो । (अन्नपूर्ण करिअरबाट)

LEAVE A REPLY