संगीतालयमा स्वरसम्राटको सम्झना

0
275

 

दमक / रास– सुरसुधा संगीतालय दमकले आइतबार स्वरसम्राट नारायण गोपालका विभिन्न गीत प्रस्तुत गरेर उनको स्मरण गरेको छ । स्वर सम्राटको २६औं स्मृति दिवसको अवसर पारेर सो विद्यालयले सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।

Advertisements

dsc06158

सो कार्यक्रममा संगीतालयले मेची अञ्चलमै सबैभन्दा बढी ९९ पटक रक्तदान गरी सक्नुभएका दमक ११ निवासी राजकुमार श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनलाई संगीतालयका संरक्षक पुण्यप्रसाद उप्रेतीले दोसल्ला ओढाएरसम्मान पत्रबाट सम्मान गरे । सम्मानित व्यक्तित्व रक्तदाता श्रेष्ठले गायक नारायण गोपाल मरेर गएपछि उनका स्वर अहिले पनि जीवन्त रहेको बताए । गायक नारायण गोपालजस्तै हामीहरू पनि विभिन्न विधाबाट समाजमा महत्वपूर्ण योगदान दिन आग्रह गदै सबैभन्दा ठूलो दान नै रक्तदान भएको श्रेष्ठ जानकारी गराइन् ।

हमज्योति बोडिङ स्कुल दमक १ की प्रधानध्यापक हिरा निरौलाले गीत संगीत मनोरञ्जन दिने मात्र नभएर प्रेरणको स्रोत भएको भनाई राखे । पत्रकार बिष्णु सुब्बाले संगीतालयले सफल कलाकार उत्पादनलाई निरन्तरता दिन आग्रह गरे ।

शिक्षक इन्दिरा दाहाल र संगीत प्रशिक्षक चन्द्र गड्तौलाले स्वरसम्राट नारायण गोपालको व्यक्तित्वमाथि चर्चा गर्दै गीत संगीताका सर्वश्रेष्ठ गुरु गुरुवाचार्य भएको बताए । संगीतालयका विभिन्न कलाकारहरूले स्वरसम्राटको गीत सुनाएर उनीप्रति श्रद्धासुमन अर्पण गरेका थिए

 

LEAVE A REPLY