संविधान संशोधनको बिरोधमा आज पनि प्रर्दशन जारी

0
254

fb_img_1480672259531मंसिर २१, २०७३   पाँच नम्बर प्रदेशबाट तराई र पहाडलाई छुट्याउने गरी संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै पश्चिमका विभिन्न जिल्लामा आज पनि बिरोध प्रर्दशन र बन्द जारी छ । रुपेन्देही आज सातौ दिन पनि बन्द छ । शिक्षण सस्था, बजार, उद्योग व्यवसाय, औद्योगीक प्रतिष्ठान समेत बन्द छन् । विहान ७ देखि सााझ ५ बजे सम्म बन्द आह्वान गरिएकाले जनजीवन भने प्रभावित भएको छ । यसैगरीे पाल्पा, गुल्मी, प्युठानमा पनि बन्द जारी छ । अर्घाखाँचीमा भने आज बिहानैबाट यातायातका साधन सञ्चालमा आएका छन् भने बजारपसल समेत खुलेका छन् । यद्यपी प्रदेश नम्बर ५ टुक्र्याउन नपाउने ब्यानर गाडीमा राख्न अनिवार्य गरिएको छ ।  प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई तराईबाट अलग गर्न नहुने माग सहित एकसातायता जारी बन्दका कारण पूर्वपश्चिम राजमार्गमा दिवाकालिन यातायात सञ्चालन हुन सकेको छैन भने ग्रामिण भेगमा समेत यातायात सेवा प्रभावित भएका छन् ।fb_img_1480679008546 पाल्पाकै रामपुर क्षेत्रका बासिन्दाले भने ५ नम्बरमा भन्दा ४ नम्बर प्रदेशमै राख्दा उचित हुने भन्दै आन्दोलनलाई साथ दिएका छैनन् ।  उता, संशोधन प्रस्तावमा एमालेले भ्रम सिर्जना खोजेको भन्दै रुपन्देहीमा सभा आयोजना गरिएको छ । सत्तानेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको अगुवाईमा धमौलीमा हुने सभामा केन्द्रका मातृका यादव, फोरम लोकतान्त्रिका अभिषेक प्रताप साह लगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । विधेयकको बिरोध र समर्थनमा प्रदर्शन हुन थालेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर रुपन्देही प्रशासनले भने उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

LEAVE A REPLY