मूल्य नपाउँदा अलैंचीको बिक्री रोकियो

0
284

मंसिर २१, २०७३- जिल्लामा उत्पादित अलैंचीको उचित मूल्य नपाउँदा कृषकले बिक्री गर्न सकेका छैनन् । व्यापारीले गत वर्षको भन्दा यस वर्ष अलैंचीको मूल्यमा प्रतिकेजी ४ सय रुपैयाँभन्दा बढी घटाएपछि उनीहरूले बिक्री नगरेका हुन् ।

Advertisements

गतfb_img_1480662334578 वर्ष प्रतिकेजी २२ सय रुपैयाँमा अलैंची बिक्री भएको थियो । यस वर्ष स्थानीय व्यापारीले प्रतिकेजी बढीमा १८ सय रुपैयाँ मूल्य तोकेपछि कृषकहरूले अलैंची बिक्री नगरेका हुन् । अलैंची बिक्री नहुँदा यहाँका कृषक मर्कामा परेका छन् । ‘अघिल्लो वर्ष अलैंची किन्न बारीमै व्यापारी आएका थिए,’ भच्चेकका कृषक विष्णु अधिकारीले भने, ‘यसपालि किन्न कोही नि आएनन् ।’

गत वर्षमा झापाका व्यापारीले स्थानीय व्यापारीसँग मिलेर पाक्नुअघि नै बैना दिने गरेको उनले बताए । यसपालि बाहिरको व्यापारी आएका छैनन् । ‘किलोको १२/१३ सय भाउ गरेकाले त्यतिमा बेच्दैनौं भनेर राखेका हौं,’ उनले भने, ‘रेट आउँछ कि भनेर कुरेर बसेका छौं ।’  अधिकारीले अघिल्लो वर्ष २ सय १६ केजी अलैंची र बिरुवा बेचेर ११ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको बताए । उनले ७ लाख रुपैयाँको बिरुवा मात्रै बिक्री गरेका थिए ।

अलैंचीको मूल्य घटेकाले बढ्ने आशामा किसानले कुरेको स्थानीय कृष्णजंग घिमिरेले बताए । तिहारलगत्तै बिक्री भइसक्नुपर्ने अलैंची मंसिर दोस्रो सातासम्म पनि किसानकै घरमा रहेको छ ।

अलैंचीको उत्पादन बढ्दै जाँदा भाउ घट्दै गएको किसानको भनाइ छ । हंसपुरको भच्चेकलगायत खरिबोट, मुच्चोक, सिम्जुङ, घ्याच्चोक, जौबारी, केराबारी, थालाजुङ छोप्राकमा व्यावसायिक खेती गर्नेको संख्या बढ्दै गएको छ

LEAVE A REPLY