दीपाश्री निरौला भन्छिन् पहिलो प्रेमीसंग बेलाबेलामा कुरा गरिरहन्छु

0
314

काठमाडौं । हाँस्य कलाकारबाट निर्देशक बनेकी दीपा श्री निरौला र दीपकराज गिरीको प्रेमको चर्चा लामो समयदेखि चल्दै आएको छ ।

Advertisements

उनीहरुको विवाह कहिले हुन्छ भन्ने प्रश्नहरु पनि मिडियाले पटक पटक गरिरहेको छ । उनीहरुले भने आफूहरु सहयात्री र मिल्ने साथी भएको बताउँदै आएका छन् ।dipashree-niraula

दीपकसँग नाम जोडीएकी दीपाको अरु कसैसँग अफेयर भएका खबरहरु भने आएका छैनन् । प्रेमकै प्रसंगमा हालैमात्र दीपाले एक यु ट्युब च्यानलसँग कुराकानी गर्दै आफ्नो पहिलो प्रेम बारे खुलाएकी छिन् ।

दीपाको पहिलो प्रेम विराटनगरमा हुँदा नै परेको थियो रे । उनी भन्छिन्, “विराटनगरमा राम्रो प्रेम थियो तर सफल हुन सकेन । एक हिसाबले प्रेम सफल भएन दुर्भाग्य थियो र सौभाग्य के पनि भयो भने म प्रेममा अल्झेर उतै बसेको भए अहिले यो तामझाम, यो ख्याती प्राप्त गर्न सक्दिनथेँ होला ।”

पहिलो प्रेम सफल नभएपनि पहिलो प्रेमीसँग अहिले पनि कुराकानी हुने गरेको दीपा बताउँछिन् । कुराकानी गर्ने क्रममा पूर्व प्रेमीले अब तिमी विवाह गर सेटल हुनुपर्छ भन्ने कुराहरु गर्ने गरेको जानकारी पनि दिईन् ।

– See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=53711#sthash.pnLUstMK.dpuf

LEAVE A REPLY