गजल-घनश्याम परिश्रममी

0
276

तुफानी छ हावा बिहानी प्रहरमा
चिसो पाे छु भाेग्दै म तातो सहरमा

Advertisements

तिमीले गरयौ स्वास्थ्यमा खेलबाड
मिठाई मिलाएर बेच्दै जहरमा

महलमा छ अानन्दकाे जिन्दगानी
यहीँ झाेपडीकाे छ जीवन कहरमा

म भाेकै छु नाङ्गै छु भन्दै छ काेही
र उपवास बस्दै छ काेही रहरमा

उता बग्दछन् हिमनदी शक्तिशाली
यता हिउँदमा हुन्न पानी नहरमा

15135881_1216078155125581_385023204603682864_n

LEAVE A REPLY