प्राविधिक आन्दोलनमा उत्रेपछि रामेछापमा पुननिर्माणको काम ठप्प

0
264

मंसिर २१, २०७३- सेवा सुविधा नपाएको भन्दै रामेछाप जिल्लामा कार्यरत पुननिर्माणका प्राविधिकहरु आन्दोलित भएका छन् ।

Advertisements

जिल्लामा झण्डै २ सय प्राविधिकहरु गाउँमा सञ्चालन भएको पुननिर्माणको  कामकाज ठप्प पार्दै जिल्ला सदरमुकाममा थुुप्रिएका छन् । करार सेवामा नियुक्त भएका प्राविधिकहरुलेसरकारका समान कर्माचारीले पाउने तलब मात्र पाउँदै आएका छन् । फिल्डमा काम गर्ने कर्मचारीलाई फिल्ड भत्ता, विमा, सञ्चार, कार्यालयको व्यवस्थापन र यातायात लगायतको सुविधा माग गर्दै प्राविधिकहरु गएको असोजदेखि आन्दोलित थिए । असोजमा सरकार र प्राधिकरणका उच्च अधिकारीहरुले माग संबोधन गर्ने आश्वासन दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरु काम रोकेर फेरि आन्दोलनमा उत्रिएका हुन् ।

मंगलबार शहरी विकास डिजिभन कार्यालयमा पुगेका प्राविधिकहरुले भूकम्प पुननिर्माणको समेत काम काज हेर्दै आएका आयोजना प्रमुखलाई माग संवोधनका लागि ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा माग पूरा नभएसम्म कामकाज रोक्ने र सामूहिक राजीनामा समेत दिने चेतावनी दिइएको छ । आन्दोलित प्राविधिकहरुको ज्ञापन पत्र बुझ्दै आयोजना प्रमुख अमरबहादुर थापाले प्राविधिकहरुले उठाएको मागहरु माथिल्लो निकायमा पठाइने जनाएका थिए ।

http://bit.ly/2hcXI1ofb_img_1480662334578

LEAVE A REPLY