कविता

0
315

fb_img_1481093418390हाङ्युग अज्ञात।

 

झ्याल
——–

Advertisements

यौटा झ्याल भए पुग्छ मलाई
जहाँबाट सूर्यको उज्यालो छिरोस्,
आवाज छिरोस्, बतास छिरोस् ।

धरतीको गहिराइमा पुगेर बसेको इनार हुँ
यौटा झ्याल भए पुग्छ मलाई

इनारको मुखजस्तो झ्याल
जहाँबाट नीलो आकाशको विशालता चिहाइन्छ
जहाँबाट चराहरू उडेको देखिन्छ
यौटा यस्तो झ्याल भए पुग्छ मलाई ।

इनार हुँ
तिमी डोरीबाट बाल्टी झार्नु
म तिमीलाई पानी दिन्छु
यौटा झ्याल भए पुग्छ मलाई ।

LEAVE A REPLY