मन्त्रालयद्वारा महिला क्रिकेटर सम्मानित

0
326

1-26-300x225युवा तथा खेलकुद मन्त्रालयले ग्लोबल महिला टी–ट्वान्टी क्वालिफायर क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

हङकङमा अक्टोबर ९ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा दोस्रो हुन सफल १४ खेलाडी, एक प्रशिक्षक र एक फिजियोसहित १६ सदस्यीय टोलीलाई पूर्वघोषित पुरस्कारअनुसार जनही २५ हजार र सम्मानपत्र प्रदान गरिएको हो ।सम्मानित हुने खेलाडीहरूमा रुविना क्षेत्री (कप्तान) सीता राना मगर (उपकप्तान)रहेका छन् भने अन्य खेलाडीमा नेरी थापा, निरा राजोपाध्याय, करुणा भण्डारी, सरिता मगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, सबनम राई, रोशनी बोहरा, सरस्वती चौधरी, रश्मी शर्मा, निर्मला शाही र ज्योति पाण्डे रहेका छन् । प्रशिक्षकमा राजु बस्न्यात एवं फिजियोमा मनु लु पनि सम्मानित भए ।

Advertisements

सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री दलजित विके श्रीपाइली र खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेलले टोलीका सदस्यलाई सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले एसिया कपलाई इंगित गर्दै हार्दा निराश हुने र जित्दा मातिने परिपाटीको अन्त्य गर्नुपर्ने बताउँदै हारबाट पाठ सिकेर जितका लागि सोच्नुपर्ने धारणा व्यक्त गरे । कप्तान रुविनाले राम्रो नतिजा हासिल गर्न धेरैभन्दा धेरै अभ्यास खेलको खाँचो रहेको बताएकी थिइन् । त्यस्तै, प्रशिक्षक बस्न्यातले महिला क्रिकेटलाई माथि उकास्न दीर्घकालीन योजना आवश्यक रहेको बताए ।

LEAVE A REPLY