मुलुकको माग

0
273

narad-sirनारद गौतम-

ऐतिहासिक रूपमा मूल्याङ्कन गरी हेर्दा देशले अभूतपूर्व सङ्कट व्यहोर्नुपरेको छ ।क्रमशः हुँदै आएका आन्दोलन हेर्दा र सूक्ष्म गरी वर्तमानलाई नियाल्दा यथार्थमा दलहरू असफल देखिए किनभने सही तबरले गणतन्त्र व्यवस्थापन गर्न सकेनन् ।भेंडाका मुखमा कुभिन्डो भयो ।
त्यागी राष्ट्रवादी दूरदर्शी विवेकी नेता देशले पाएन ।दिनानुदिन परिस्थिति बिग्रँदो र अोरालो लाग्दो छ ।कहाली लाग्दो छ ।मुलुक विखण्डनमा पुर्याए यो भन्दा दु:ख लाग्दो कुरा अरु के हुनसक्छ !!!
मामाकी घोडी मेरी हि हि ।चरितार्थ भो ।दलहरू केवल दलीय स्वार्थ ।गूटगत स्वार्थ र वैयक्तिक महत्वाकांक्षामा मात्र अल्झे ।कम से कम राष्ट्रिय स्वार्थ र हितमा एक हुन सक्नुपर्थ्यो तर भएनन् ।यो काम गर्नाले देशलाई घाटा पर्छ भन्ने कोही देखिएन ।कुरा सुन्दा नबुझ्ने कोही पनि देखिंदैनन् ।साना कोही छैनन् । तथाकथित जनवादी भन्न रुचाउनेहरू पनि धनवादी नव सामन्तमा परिणत भए ।जनतालाई फोस्रा आश्वासन र शब्दजालमा अल्झाइयो फकाइयो र आफूले ब्रह्मलूट गरे ।
राष्ट्रका पारम्पारिक विरासद अन्तर्राष्ट्रिय पहिचान जनएकता मेलमिलाप साैहार्दता स्नेह सद्भाव स्वाहा भए ।भ्रष्टाचार सनातन कर्म र धर्म बन्यो ।राष्ट्रिय आैकात र हैसियतभन्दा बढी धन नेताको सरसुविधामा गयो ।गणतन्त्र भनिन्छ तर जनआवाज बिलकुल सुनिन्न ।संविधान निर्माणकालमा दिएका सुझाबदेखि लिएर हालसम्मका उचित आबाजहरू धूलामा मिलाइयो ।
मोज लुट्न कमाउन र रमाउन पाएकाबाहेक जनसाधारण दिक्क वाक्क भए ।परिवर्तन कलझगडा बन्दहडताल खिचातानीको पर्याय बन्यो ।कमाएर खानेले त्यो वातावरण पाएनन् ।शिक्षण संस्थाहरूलाई नछुन पर्नेमा कुत्सित स्वार्थका लागि राजनैतिक अखडा बनाइयो ।
भएका उद्योगधन्दा कलकारखानाले प्रोत्साहन पाएनन् उल्टै टाट पल्टे ।रोजगारीका ठाउँ बन्दैनन् ।नयाँ उद्योग खोल्ने योजना गफमा भाषणमामात्र सीमित भए ।देशको होनहार परिवर्तनको संबाहक युवाशक्ति पूरा बाहिर पठाइयो र मुलुक टुहुरो बन्यो ।हाल देशमा क्रियाशील भित्रबाहिरको राष्ट्रिय क्षमता दासताबाट मुक्त देखिएन।देश उपनिवेश बन्यो।टुहुरो भयो । ।राम्रो होला र गर्लान् भन्ने आशा गर्नै परेन ।सत्ता आफै संविधान मिचेर संशोधनको अनधिकार कुचेष्टा गर्दै छ ।
यो राष्ट्रको माग नभएको अनावश्यक संघीयताले कतिको जीवन गुम्यो ।जनतालाई कहिले नाकाबन्दी त कुनै बेला बन्द हडताल चक्काजामका उपहार वा प्रतिफल मिले ।
अन्तत: राष्ट्रले र पहुँच नभएका जनताले अभिभावक पाएनन् । अब सबले पार्टी छोडेर वा पार्टीभन्दा माथि उठेर देशको वारेमा बोल्ने राष्ट्र राष्ट्रियता र अखण्ताको संरक्षणमा जुर्मुराएर जाग्ने अनि लाग्ने बेला आएको छ ।सत्ता जसले समालोस् देश टुक्रिनु हुँदैन ।यो संघीयता र धर्मनिरपेक्षता राष्ट्रिय महत्वका विषय हुन् ।यिनमा जनमतसंग्रह हुनेेपर्छ ।छातीमा हाखेर योआबाज चारैतिर बुलन्द गराैं ।दलहरू मुख खोल्ने पक्षमा छैनन् ।दबाबको सिर्जना गराैं ।
जनएकता जिन्दावाद ।
राष्ट्रको अखण्डता जिन्दावाद ।

Advertisements

LEAVE A REPLY