बाबुराम भट्टराईमाथि जुत्ता प्रहार गर्न खोज्ने विद्यार्थी पक्राउ

0
421

पोखराः नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहारको प्रयास भएको छ।

Advertisements

कास्कीको पृथ्वीनारायण क्याम्पसमा बिहीबार बिहान नयाँ शक्ति नेपाल पार्टी निकटको विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको कार्यक्रममा कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता प्रहारको प्रयास गरेका हुन्।

भट्टराईले कालो झन्डा देखाउँदै पूर्वप्रधानमन्त्री भट्टराईमाथि जुत्ता प्रहारका लागि जुत्ता खोल्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो। पूर्वप्रधानमन्त्री भट्टराईमाथि कालो झन्डा देखाउँदै जुत्ता प्रहारको प्रयास गर्ने सन्जिवलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बगरमा राखिएको प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए।

उनका अनुसार पूर्वप्रधानमन्त्री भट्टराईमाथि जुत्ता प्रहारको प्रयास गर्ने सन्जिव पीएन क्याम्पसमै एमएमा अध्ययनरत विद्यार्थी हुन्।

LEAVE A REPLY