नेपालले मलेसियासँग खेल्ने

0
349

khelkud

 

 

मंसिर २३, २०७३- नेपाली राष्ट्रिय महिला फुटबल टिमले चौथो साफ वुमेन्स च्याम्पियनसिपको तयारीमा मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

Advertisements

नेपालले फिफा वरीयतामा २६ स्थानमाथि रहेका मलेसियाको महिला राष्ट्रिय टिमसँग २ पुसमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार जनाएको छ । मैत्रीपूर्ण खेलको दुई दिनअघि मलेसियाली टिम काठमाडौं आउने बताइएको छ । सन् १९८६ को एसियन कपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेको नेपाली महिला टिमले स्वदेशी भूमिमा पहिलोपल्ट खेल्न लागेको हो ।

कुनै पनि प्रतियोगिताअघि नेपाली महिला टिमले मैत्रीपूर्ण खेल खेल्न लागेको यो नै पहिलो हो । नेपालको मैत्रीपूर्ण खेलमा मलेसिया तेस्रो प्रतिद्वन्द्वी हुनेछ । यसअघि नेपाली महिला टिमले सन् २०१३ मा कतार र कुवेतसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

फागुनमा भारतमा भएको १६औं दक्षिण एसियाली खेलकुद (साग) यता पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको महिला राष्ट्रिय टिमबारे प्रशिक्षक कुमार थापाले भने, ‘प्रतियोगिताको नौ दिनअघि मैत्रीपूर्ण खेल खेल्दै छौं । यसले टिमका कमी–कमजोरी पहिचान गर्दै सुधार गरेर साफ च्याम्पियनसिपमा राम्रो गर्न सहयोग गर्ने छ ।’ उनले वैकल्पिक चारसहित २४ खेलाडीलाई मलेसियासँगको खेलमा सहभागी गराउने बताए ।

‘नयाँ खेलाडीका निम्ति अन्तर्राष्ट्रिय फुटबलको अनुभव पनि हुनेछ र यो सकारात्मक पक्ष हो,’ प्रशिक्षक थापाले भने । फिफा वरीयतामा नेपाली महिला टिम १ सय १२औं स्थानमा छ भने मलेसिया ८६औंमा रहेको छ ।

साफ वुमेन्स च्याम्पियनसिपको चौथो संस्करण पुस ११ देखि २० सम्म भारतको सिलिगुडीमा हुने छ । अघिल्ला तीनै संस्करणको फाइनलमा भारतसँग पराजित भएको नेपाली टिमले यसपालि भुटान, माल्दिभ्स र श्रीलंकासँग समूह चरणमा प्रतिस्पर्धा गर्ने छ ।

http://kantipur.ekantipur.com/news/2016-12-08/20161208090500.html

LEAVE A REPLY