बलिउडका १० सुन्दरी तथा स्टाइलिस गायिका जो हिरोइन भन्दा कम छैनन्

0
276

बलिउड फिल्मका पाश्र्वगायनमा गायिकाहरुको क्षमता अब्बल रहँदै आएको छ। हाल गायिकाहरुले आफ्नो स्वरका साथसाथै ग्ल्यारमस छविबाट कारण लाखौं फ्यानलाई कायल पार्ने गरेका छन्। पछिल्लो समय बलिउडमा पनि को भन्दा को कम शैलीमा सुन्दरी गायिकाहरुको उपस्थिति बढ्न थालेको छ।

Advertisements

त्यसै कारणले गर्दा फिल्ममा ‘केमियो रोल’ का लागि गायकले मात्र पाउने मौका अहिले आएर गायिकाहरुले पनि पाउन थालेका छन्। उनीहरु गीत गाउन मात्र होइन नायिका सरह फेसन र अभिनयमा पनि दख्खल राख्ने भइसकेका छन्। यसो भएपछी सुरिलो स्वरका धनी गायिकाहरु आफ्नो रुपका लागि पनि उस्तै चर्चित हुने त भए नै। उनीहरुको सुन्दरताले बलिउड सुन्दरीहरुलाई समेत चुनौती दिएको महशुस हुन्छ। त्यस्ता सुन्दरी गायिकाहरु निम्नानुसार रहेका छन्।

कनिका कपुर:

पछिल्लो समय ज्याकलिन फर्नान्डिज अभिनित फिल्म ‘रोय’ फ्लप भएपनि कनिका कपुरले गाएको ‘चिट्टिया कलाइयाँ’ गीतले चर्चा पायो। यति मात्र होइन कपुरले सन्नी लियोनीका लागि ‘बेबी डल’, कट्रिना कैफका लागि ‘कमली’, दिपिकाका लागि ‘लवली’, जस्ता गीत गाएर धेरैलाई मोहित पारेकी छिन्। स्वरका अलावा उनको ‘हट’ र ‘ग्ल्यामरस’ लुक्स धेरैलाई मोहित पार्छ।

मोनाली ठाकुर:फिल्म रामलिलाका लागि मोनालीले ‘ढोल बाजे’ जस्ता सुपरहिट गीत गाएकी छिन् । उनको आवाज जति मनमोहक छ त्यति नै उनको छवि देख्नलायक मानिन्छ। उनी गीत गाउन मात्र होइन अभिनय पनि गर्न सिपालु छिन्।

मोनिका डंगोरा:’ब्रेक के बाद’बाट बलिउडमा गाउन सुरु गरेकी मोनिकाका धेरै गीत त हिट छैनन् तर उनको रुपले उनको गायकीको परिचयलाई बलियो बनाएको मानिन्छ। ‘दुरियाँ भी जुरुरी है’, ‘इनकारथिम सङ’ उनका चलेका गीत हुन्। उनले धोबिघाट फिल्मबाट अभिनयमा डेब्यु गरेपश्चात हालसम्म आधा दर्जन फिल्म खेल्न पनि भ्याइसकेकी छिन्।

अनुष्का मनचन्दा:तमिल भाषाको एल्बमका लागि गाएर औपचारिक गायन सुरु गरेकी अनुष्काले बलिउडमा भने गोलमाल फिल्मको ‘गोलमाल’ गोलमाल बोलको गीतबाट डेब्यु गरेकी हुन् । अनुष्काले ‘डान्स बसन्ती’, ,‘तु साला’, ‘लाइफ इज अ गेम’, ‘मिट जाए गम’, ‘अल्ला दुहाई है’ लगायतका सुपरहिट गीतमा स्वर दिएकी छिन्। उनको बाहिरी सुन्दरता पनि कुनै नायिकाको भन्दा कम छैन।

नेहा भासिन: सन् २००८ मा फेसन फिल्मको ‘कुछ खास’ गीतबाट डेब्यु गरेकी नेहाका ‘यु एण्ड मी’, ‘धुनकी’ ‘अस्सलाम इश्कुम यारा’ जस्ता गीत हिट छन्। उनले के के मेनन जस्ता बलिउड अभिनेतासँग ‘लाइफ कि तो लग गई’ बाट अभिनयमा पनि डेब्यु गरिसकेकी छन्।

निति मोहन: फिल्म स्टुडेन्ट अफ द इयरको ‘इश्कवाला लभ’ बाट डेब्यु गरेकी उनले सोही गीतबाटै पाश्र्वगायनतर्फको ‘आर डी बर्मन’अवार्ड उचालिन्। उनले सन् २००५ मा ‘सोच ना था’ नामको फिल्ममा सहायक भुमिकामा अभिनय पनि गरेकी छिन्।

नेहा ककड: नेहाले ब्लु नामको फिल्मको ‘थिम सङ’ बाट डेब्यु गरे पनि उनलाई ‘सेकेन्ड ह्यान्ड जवानीबाट धेरैले चिन्छन्। कमेडियन समेत रहेकी कक्कडका ‘जादुकी झप्पी’, ‘धतिङ नाच’ ‘लंडन ठुमकदा’ लगायतका गीत हिट छन्।

अदिति सिंह शर्मा :देव डी फिल्मबाट डेब्यु गरेकी अदितिका ‘धुम मचाले’, ‘ओफो’, ‘सुरज डुबा है’ लगायतका गीत हिट छन्।

शल्माली खोलखडे: इशकजादे फिल्मको ‘परेशान’ बाट पाश्र्वगायन सुरु गरेकी उनले स्वर भरेका ‘दारु देशी’,‘लत गई’,‘बेसर्मी की हाइट’, ‘बालम पिचकारी’ लगायतका गीत हिट छन्।

श्रेया घोषाल: देवदास फिल्मको ‘डोला रे डोला’ गीतबाट डेब्यु गरी चर्चा पाएकी श्रेयालाई बलिउडमा नचिन्ने सायदै होलान्। उनका ‘जादु है नशा’, ‘प्यार भरे गीत’, ‘तुम्हे जो मे ने देखा’,  ‘जादु है नशा’ लगायतका धेरै गीत हिट छन्।

सुनिधि चौहान: शस्त्र फिल्मबाट डेब्यु गरेकी सुनिधीलाई पनि बलिउडमा नचिन्ने सायदै छन्। ‘क्रेजी किया रे, ‘डान्स पञ्जाव’, ‘दिल्लीवाली गर्लफ्रेन्ड’, ‘मुभ अन’ लगायतका धेरै गीत हिट छन्।

LEAVE A REPLY