सरकार परिवर्तन हल्ला हावादारी, निर्वाचन नहुन्जेल सरकार परिवर्तन हुँदैन : सिटौला

0
273

पथरी (मोरङ), २३ मङ्सिर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेता सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताउनुभएको हो । सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको उहाँले टिप्पणी गर्नुभयो ।

Advertisements

नेता सिटौलाले संसद्मा दर्ता भएको सविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुन्छ भन्नुभयो । उहाँले स्थानीय निकायको पुनःसंरचनाका विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलन अधिकारको अन्दोलन भएको उल्लेख गर्नुभयो ।

सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताउँदै उहाँले भन्नुभयो – समस्या समाधानका लागि आन्दोलनरत दुवै पक्ष लचक भएर वार्तामा आउनुपर्छ । रासस

LEAVE A REPLY