काश्मिरमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन

0
261

न्यूयोर्क, (एजेन्सी)

Advertisements

मानव अधिकारका लागि काम गरिरहेको एउटा संस्थाले भारत प्रशासित काश्मिरमा प्रदर्शनकारीविरुद्ध पेलेट गनको प्रयोगले सयौंजनालाई स्थायी वा अस्थायीरूपमा शारीरिक क्षति पुगेको र तीमध्ये धेरैले आँखाको ज्योति गुमाइसकेको जनाएको छ।

उक्त अमेरिकी संस्थाले भारतीय सुरक्षाबलले प्रदशनकारीमाथि नियन्त्रण गर्नका लागि १२ बोरको जुन बन्दुकको प्रयोग भइरहेको छ त्यो गलत भएको बताएका छन्।

फिजिसियन फर ह्युमन राइट्सका चिकित्सकहरुको संस्थाले सोमबार अमेरिकामा उक्त प्रतिवेदन जारी गरेको हो। प्रतिवेदनमा काश्मिर घाँटीमा सुरक्षाबल अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै घाइतेहरुको उपचारमा पनि अवरोध पुर्याइरहेको आरोप लगाइएको छ।

भारत प्रशासित काश्मिरमा गत जुलाइमा हिज्बुल मुजाद्दिन कमान्डर बुरहान वानीलाई सुरक्षाबलले हत्या गरेपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ। करिब ४ महिनासम्म चलेको उक्त विरोध प्रदर्शनका क्रममा सुरक्षाबलसँग भएको भिडन्तमा ९० भन्दा काश्मिरी युवाको मृत्यु भइसकेको छ भने सयौं सुरक्षाकर्मी पनि घाइते भएका छन्।

फिजिसियन फर ह्युमन राइट्सले भारत प्रशासित काश्मिरमा भएका ती प्रदर्शनका क्रममा घाइते भएका, चिकित्सक र स्थानीय नागरिकसँगको कुराकानी र अस्पतालको रिकर्डको अध्ययनपछि उक्त प्रतिवेदन तयार गरेको हो।

LEAVE A REPLY