सम्पादकिय-बालअधिकारको ग्यारेण्टी गर

0
434

नेताहरुको स्वागतको लागी जवर्जस्ती बालबालिकाको प्रयोग गम्भिर बालअधिकारको उल्लंघन हो। सुर्खेत घटना अत्यन्तै पिडादायी छ। यस्ता कार्यमा संलग्न गराउन प्रेरणा दिने सम्बन्धित सवैलाई कारवाहिको दायरामा ल्याउ। नेताहरुको स्वागतको लागी भनेर स्कूलका कलिला बालबालिकालाई लामो समयसम्म लाईनमा जवर्जस्ती टंगाएर राख्ने प्रवृती अति घातक छ। लामोसमयसम्म यसरी बालबालिकाको प्रयोग गर्दा बालबालिकामा बेहोसी महसुस हुने, रिंगटा लाग्ने, भोक र प्यासको चरम शिकार हुने गरेको समाचार बारम्बार सार्वजनिक हुंदाहुंदै पनि यसरी बालबालिकाको झनपछी झन प्रयोग हुंदै आउनु भनेको बालअधिकारको क्षेत्रमा कृयाशिल निकायहरुको गम्भिर उदाशिनता मात्र नभै संकीर्ण मानशिकताको उपज पनि हो।

Advertisements

बालबालिकालाई राजनिति,आन्दोलन, हिंसा, द्वन्द लगायतका बालमस्तिष्कमा गम्भिर असर पार्ने खालका कृयाकलापहरुवाट नितान्त अलग राख्नुपर्दछ। यसको लागी सवैभन्दा ठूलो चेतनाको स्रोत भनेको घरपरिवार र स्कूल नै हुनसक्दछन। तर, यस्ता कुराहरुको ख्याल नगरी वालवालिकालाई यस्तै संवेदनशील क्षेत्रहरुमा प्रयोग गराउंदा उनिहरुमाथी गम्भिर बालअधिकारको उल्लंघन मात्र नभै उनीहरुको मानशिक स्वास्थ्यमासमेत गम्भिर खेलवाड गरिईरहेको हुन्छ। खोई त यसतर्फ सम्बन्धित निकायहरुको ध्यान पुग्न सकेको?

यौटि १३ बर्षिया बालिकाको प्रधानमन्त्रीको स्वागतमा उंभ्याउंदा उंभ्याउंदै ज्यान गएको छ। १३ बर्षिया बालिकामा कुन हदसम्मको राजनैतिक चेतना होला र उनीमाथी त्यो पिडादायी अवस्था आउन पुग्यो? उनि र उनीजस्ता कलिला नानीहरुलाई शिक्षाको अधिकारवाट वन्चित गरेर जवर्जस्ती प्रधानमन्त्रीको स्वागतमा लगाउनेमाथी पनि छानविन गरि कारवाही हुनुपर्दछ भने पिडित परिवारलाई सरकारले यथासक्य छिटो संवोधन गर्न ढिला गर्नु हुंदैन।

स्वागत, सत्कार र आत्मियता भनेको स्वतफूर्त रुपमा निस्किने कुरा हो। कसैलाई जवर्जस्तीमा लिएर गरिने कुरा होईनन। विगतमा पनि स्कूल नै खाली गराएर वा जवर्जस्ती डर, त्रास र धम्की दिएर भएपनी नेताको स्वागतमा स्कूलका कलिला नानीहरुलाई दिनभर चर्को घाममा उंभ्याएका घटना सार्वजनिक भैरहेका हुन। फलस्वरुप बालबालिकामा रिंगटा लाग्ने, चक्कर आउने, बेहोस हुने जस्ता गम्भिर समस्या देखापर्थे। विद्यालयमा शिक्षक भनेको एक पवित्र ज्ञानवान गुरु मानिन्छ तर तिनै शिक्षकहरु राजनैतिक पार्टिका पहरेदार भैंदिदा बिद्यालय क्षेत्र पनि राजनैतिक हस्तक्षेपको चरम अवस्थामा पुगेको छ। फलस्वरुप विद्यालयमा बालबालिकाको पढ्नपाउने हकअधिकारमाथी पनि गम्भिर खेलवाड हुंदै आएको छ भने कुनै अमूक नेताविशेषका लागी तिनै कलिला वालवालिकालाई ढाल बनाईंदै आईएको छ। यस्ता विषयहरुमा शिक्षक जस्तो ज्ञानवर्धक र मर्यादित पेशावालले नै आंखा चिम्लिदिएपछी बालबालिकाको भविष्य नै ओझेलमा पर्न जान्छ।

विगतमा पनि राजनैतिक दलहरुले बालबालिकाको चरम दुरुपयोग गर्दै आईरहेका थिए, जुन निरन्तर छ। द्वन्द्वकालमा तत्कालीन माओवादीले हजारौं बालबालिकालाई उनीहरुको स्वतन्त्र भै पढ्न र बांच्न पाउने अधिकारमाथी गम्भिर कुठाराघात गर्दै उनीहरुलाई आफ्नो युद्दको मोर्चामा ढाल बनाएको थियो। फलस्वरुप कति बालबालिका मारिए, अंगभंग भए र कति बेपत्ता भए अझैपनी यकिन तथ्यांक बाहिर आउन सकेको छैन। युद्धको मोर्चामा माओवादीले सवैभन्दा पहिला वालवालिकालाई अंघाडी सार्ने गर्दथ्यो। बुर्जुवा शिक्षाको विरोध गर्दै भएका शैक्षिक संरचना भत्काउने, कितावहरु च्यातिदिने तथा उनिहरुकै भाषामा `बुर्जुवा शिक्षा´ अध्यापन गराउने कतिपय शिक्षकहरुलाई पनि यिनिहरुले कारवाही चलाएका थिए। आजका दिनसम्म आईपुग्दा त्यहिं माओवादीका नेताहरुले तिन/तिनपटकसम्म सत्ताको रस्वादान गरिसक्ता पनि शिक्षा क्षेत्रमा प्रगती भने कछुवा गतिमा छ। हिंजो बुर्जुवा शिक्षा भनेर जलाईएका पाठ्यसामाग्री नै आजसम्म निरन्तर पठनपाठन हुंदै आईरहेका छन। त्यसैले यो निष्कर्षमा पुग्न सकिन्छ कि कुनै अमूक दल या नेताको सन्काहटमा शान्तिक्षेत्र भनेर चिनिने शैक्षिक संस्थाहरु तारन्तार आक्रमणको शिकार बनेका छन। यसो हुनुमा शिक्षक राजनैतिक दलको कार्यकर्ता बनि राजनिती गर्न खोज्नु मूल कारण हो। यदि सांच्ची नै विद्यालय क्षेत्र सुधार गर्ने हो भने सवैभन्दा पहिला शिक्षकलाई राजनिती गर्नवाट वन्चित गरिनुपर्दछ र नेतृत्व तहले पनि वारम्बार बालबालिकाको प्रयोगप्रति माफी मागेर अंघी बढ्न सक्नुपर्दछ। तवमात्र विधालय सुधारमा पहिलो खुड्किलो उक्लिन सकिन्छ। नत्र भने बिधालय र बालबालिका सदैव नेताहरु र दलहरुका लागी प्रयोगशाला मात्र बन्ने निश्चित छ भने शैक्षिक प्रणाली पनि चरम राजनैतिक हस्तक्षेपले गर्दा धराशायी बन्ने निश्चित छ ।

LEAVE A REPLY