निरन्तरको बन्दले पाल्पा र गुल्मीको जनजीवन कष्टकर बन्दै

0
249

banda

मंसिर २४, २०७३ संविधान संसोधन प्रस्तावको विरोधमा आव्हान गरिएको बन्दका कारण गुल्मी र पाल्पाको जनजिवन कष्टकर बनेको छ । अन्य जिल्लामा भने बन्द खु्लेपछि अबस्था सामान्य बनेको छ । ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्टयाउने गरी संबिधान संशोधन प्रस्ताव ल्याएको बिरोधमा ति जिल्लामा १० दिनदेखि बन्द आव्हान गरिएको छ । जिल्ला प्रशासन कार्यालयको मुल गेटमा बिहानैदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका छन् । पाल्पाकै दोस्रो ठूलो व्यापारिक केन्द्र रामपुर क्षेत्रका वासिन्दाले भने  संशोधन प्रस्तावको समर्थन गर्दै बन्द अवज्ञा गर्दै आएका छन ।  यसैबीच, संघीय गठबन्धन तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज कैलाली बन्द आह्वान गरेको छ । संविधान संशोधन विधेयक अपुरो रहेको भन्दै बन्द आह्वान गरिएको समितिले जनाएको छ । बन्दकर्ताले थारु समुदायको वाक्लो बसोवास रहेको कैलालीलाइ पनि ५ नम्बर प्रदेशमा राख्न माग गरेका छन । कैलालीमा एमालेले आफना कार्यकर्तामाथी प्रहरीले दमन गरेको भन्दै हिजो बन्द आव्हान गरेको थियो ।

Advertisements

http://bit.ly/2hcOoI8

LEAVE A REPLY