झापाद्वारा भोजपुर पराजित

0
329

मंसिर २४, २०७३- सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बिहीबारबाट यहाँ सुरु पुरुष फुटबलको क्षेत्रीय छनोटमा झापा, सुनसरी र ओखलढुंगा विजयी भएका छन्।09122016092055football-1000x0

काँकडभिट्टा उमाविको मैदानमा झापाले भोजपुरलाई २–० ले हरायो। झापाबाट इन्द्रजंग लिम्बू र पुष्प मादेनले गोल गरे। सुनसरीले धनकुटालाई पन्छायो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरबाट अन्तिम निर्णय भयो। जसमा धनकुटा ३–१ ले पराजित रह्यो। तेस्रो खेलमा ओखलढुंगाले खोटाङलाई ४–० ले हरायो। ओखलढुंगाका अमृत विकले २, विनेश राई र राजु राईले १–१ गोल गरे।

Advertisements

क्षेत्रीय छनोटअन्तर्गत शुक्रबार इलामविरुद्ध सोलुखुम्बु, ताप्लेजुङविरुद्ध सप्तरी, संखुवासभाविरुद्ध उदयपुर तथा सिरहाविरुद्ध मोरङबीच प्रतिस्पर्धा हुने पूर्वाञ्चल क्षेत्रीय छनोट प्रतियोगिताका संयोजक ज्ञानेन्द्र वान्तवाले जनाए। २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूर्वाञ्चलका १५ जिल्ला सहभागी छन्। तेह्रथुमले सहभागिता जनाएको छैन। प्रतियोगिताको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले गरे।

पूर्वबाट १४ महिला भलिबल खेलाडी
ताप्लेजुङ– सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल विकास क्षेत्रबाट २ वैकल्पिकसहित १४ जना महिला भलिबल खेलाडी छनोट भएका छन्। वरिष्ठ प्रशिक्षक तथा पूर्वाञ्चल क्षेत्रीय निर्देशक वीरेन्द्रप्रसाद चौधरीका अनुसार संखुवासभाबाट शारदा गजमेर र नन्दिता राई, मोरङबाट झरना श्रेष्ठ र पायल तामाङ एवं ओखलढुंगाबाट तारा श्रेष्ठ छानिए।

यसैगरी भोजपुरबाट मीना तामाङ, झापाबाट विपना राजवंशी र गंगा श्रेष्ठ, सुनसरीबाट अनुशा चौधरी, सोलुखुम्बुबाट सविता मगर, तेह्रथुमबाट इन्दिरा कार्की र पाँचथरबाट नेलिना आङदम्बे छनोट भए। वैकल्पिकमा झापाकी तेजकुमारी राजवंशी, मोरङकी संगीता तामाङ र ताप्लेजुङकी अनिशा जोगीलाई छनोट गरिएको चौधरीले बताए। उनीहरूलाई पुस १ गतेदेखि बन्द प्रशिक्षणमा राखेर राष्ट्रिय प्रतियोगिताका लागि तयार गराइने उनले बताए। प्रशिक्षण सुनसरीको इटहरीमा हुनेछ। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता छनोटका लागि ताप्लेजुङमा भएको पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल प्रतियोगितामा संखुवासभाले उपाधि जितेको छ।

बक्सिङ खेलाडी छनोट
पोखरा– सातौं राष्ट्रिय खेलकुदका लागि तीन विकास क्षेत्रबाट बक्सिङका खेलाडी छनोट भएका छन्। पोखरा रंगशालामा बिहीबार भएको छनोट प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चलबाट ४९ केजी तौल समूहमा कास्कीका विष्णु गौतम, ५२ केजीमा पाल्पाका चिरञ्जीवी राना, ५६ केजीमा कास्कीका दिनेश बानियाा, ६० केजीमा सविन गुरुङ, ६९ केजीमा कपिलवस्तुका सागर शाही, ७५ केजीमा रूपन्देहीका नरेश थापा, ८१ केजीमा नवलपरासीका नरेन्द्र गुरुङ, ९१ केजीमा कास्कीका विजय आलेमगर र ९१ केजी तौल समूहमा ओमप्रसाद गुरुङ परेका छन्।

सुदूरपश्चिमाञ्चलबाट ४९ केजी तौल समूहमा कञ्चनपुरका गौरव चन्द, ५२ केजीमा महेन्द्र चन्द, ५६ केजीमा राजेश चन्द, ६० केजीमा रामबहादुर थापा, ६४ केजीमा बाजुराका प्रशान्त दाहाल र ६९ केजीमा कैलालीका लक्ष्मण थापामगर छनोट भएका छन्। त्यस्तै मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट ४९ केजीमा दाङका चन्द्रबहादुर थापा, ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा चन्द्रज्योति थापा, ६० केजीमा युरेन्द्र बुढामगर, ६४ केजीमा रोल्पाका विपिन रोकामगर र ६९ केजीमा जाजरकोटका अर्जुन बुढामगर छनोट भए ।

LEAVE A REPLY