नेपालको क्रिकेट टोली थाइल्यान्डतर्फ

0
300

dang-cricket-teameनौ देखि १४ डिसेम्बरसम्म थाइल्यान्डको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल खेल्न दाङ्गको योङ्ग स्टार क्रिकेट क्लब शुक्रबार त्यसतर्फ प्रश्थान गरेको छ । नेपाली टोलीले दुइ ट्वान्टी २० तथा एक एक दिवसिय खेल खेल्ने कप्तान रुपेस शर्माले जानकारी दिए । टोलीका अन्य खेलाडीमा दिपेश शाक्य, सुदिप नेपाली, सोनु तामाङ्ग,आशिष सिंह, केशब प्रसाद शर्मा,दिवान पुन, सफल कुमत पुरी,ऋषि राज लहरी,प्रबीण अधीकारी, आकाष सिंह,विरसिंह ओली र प्रसन्न शाक्य रहेका छन् ।
टोलीको प्रशिक्षकमा विनील केसी, मेनेजरमा सिताराम शर्मा, मिडिया मनेजेरमा हेमेन्द« खड्का,टिम फीजीयोमा डा. सुबोध कुमार शर्मा,टेक्नीकल एनलाइजमा हेमराज बस्नेत,उपब्यबस्थापकमा गणेश शाही र अफीसीयलमा शिखर बिश्वकर्मा रहेका छन् । टोलीलाई मध्य पश्चिमक्षेत्रीय खेलकुद विकास समितीका पूर्व कोशाध्यक्ष सुबोधराज सेर्पालीले विदाइ गरे ।

LEAVE A REPLY