सरकार निर्वाचन मिति घोषणाको अन्तिम तयारीमा

0
326

2080209585मंसिर २४, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन् । शुक्रबार बिहान सुर्खेतको बिरेन्द्रनगरमा पार्टीनिकट अगुवा कार्यकर्ताहरुसँगको भेटमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले जनयुद्ध, जनआन्दोलन लगायतका बलिदानीपूर्ण संघर्षका उपलब्धि संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको भन्दै निर्वाचनबाट संविधान कार्यान्वयन हुने बताए ।

‘संशोधन प्रस्तावको सीमाङ्कन हेरफेरको विषयलाई लिएर जुन आन्दोलन भइरहेको छ, यसका पछाडि ठूलो षड्यन्त्र छ’ प्रधानमन्त्रीले भने, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत जे-जति उपलब्धिहरु माओवादीको पहलमा भयो, ती सबैलाई उल्ट्याउने षड्यन्त्रबाट आन्दोलन प्रेरित त छैन भन्ने प्रश्न उठेको छ ।’

Advertisements

‘जसलाई संघीयता मन परेको छैन, गणतन्त्र मन परेको छैन, समावेशी समानुपातिकता पनि मन परेको छैन तिनीहरुले नै यी सब बखेडा झिकिरहेका छन्’ उनले भने । ‘हालसम्मका सबै उपलब्धि माओवादी जनयुद्धको जगबाट प्राप्त भएकाले माओवादी पार्टी सबैभन्दा लोकप्रिय बन्ने सम्भाबना रहेको छ’, उनले भने, ‘निरास हुनुपर्ने कुनै कारण छैन, नयाँ जोश, जाँगर र उत्साहका साथ चुनावको तयारीमा जुट्न कमरेडहरुलाई आग्रह गर्दछु । हामी बलियो भएनौं भने सबै उपलब्धि उल्टिने खतरा छ । हामी बलियो भयौं, सक्रियतापूर्वक लाग्यौं, जनतालाई एकतावद्ध बनायौं भने मात्रै हामीले राष्ट्रलाई एकताबद्ध पार्न सक्छौं ।’

http://bit.ly/2hm9c31

LEAVE A REPLY