महाअभियोग पारित नभए विपक्षी दलका सांसदले राजीनामा दिने

0
279

koria-3-623x330एजेन्सी सिउल, २४ मंसिर दक्षिण कोरियाकी राष्ट्रपति पार्क गियुन हायविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित नभएमा यहाँका प्रमुख विपक्षी दलका सांसदले संसद् सदस्यबाट राजीनामा दिने बताएका छन् । महाअभियोग प्रस्ताव पारित नभएमा नेसनल एसेम्बलीमा प्रमुख प्रतिपक्ष दल मिन्जु पार्टीका सम्पूर्ण सांसदले संसद् सदस्यबाट संयुक्त राजीनामा दिने बताएका हुन् । राजीनामा दिन ह्विप नेसनल एसेम्बलीमा सबभन्दा ठूलो प्रतिपक्षी दल मिन्जु पार्टीका संसदीय नेता ऊ साङ्होले राष्ट्रपतिविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्बाट पारित नभए आफ्नो पार्टीका सबै सांसद राजीनामा दिन तयार रहेको बताएका हुन् । आफ्ना पार्टीका सबै सांसदलाई राजीनामा दिन ह्विप जारी गरेको उनले बताए । सो पार्टीले शुक्रबार आकस्मिक बैठक डाकेको दक्षिण कोरियाली समाचार समिति योन्हापले जनाएको छ । शुक्रबार मतदान राष्ट्रपति पार्कविरुद्धको महाअभियोग प्रस्तावमाथि शुक्रबार संसद्मा मतदान हुँदै छ । नेसनल एसेम्बलीमा तीन सयजना सांसद छन् । महाअभियोग प्रस्ताव पारित हुन कम्तीमा दुईतिहाइ अर्थात् दुई सय मत आवश्यक पर्छ । तर, विपक्षी गठबन्धनमा एक सय ७२ मात्र सांसद छन् । वर्तमान राष्ट्रपति पार्कको दल साएनुरी पार्टीसँग एक सय २८ जना सांसद छन् । सो महाअभियोग प्रस्तावको भाग्य र भविष्य सत्तारूढ दल साएनुरी पार्टीका २८ जना सांसदसँग जोडिएको छ । पिपुल्स पार्टीमा पनि छलफल त्यसैगरी, महाअभियोग प्रस्ताव पारित नभए सबै विधायकले संयुक्त राजीनामा दिने विषयमा नेसनल एसेम्बलीमा अर्को विपक्षी दल पिपुल्स पार्टीमा पनि छलफल भएको छ । महाअभियोग प्रस्ताव पारित नभए राजीनामा दिने विषयमा सहमति जनाउन सो पार्टीमा हस्ताक्षर संकलन कार्य भइरहेको छ । राष्ट्रपति पार्कविरुद्ध महाअभियोग प्रस्ताव गत शनिबार संसद्मा औपचारिक रूपमै दर्ता भएको थियो । राष्ट्रपति पार्कमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनको राजीनामा माग गर्दै ६ सातादेखि हरेक शनिबार राजधानी सिउलमा विशाल प्रदर्शन भइरहेका छन् । राष्ट्रपतिले आफ्ना साथीको मिलेमेतोमा भ्रष्टाचार गरेको सरकारी अभियोजनकर्ताले आरोप लगाएका छन् । तर, राष्ट्रपतिले आफू निर्दोष रहेको जिकिर गर्दै आएकी छिन् । भ्रष्टाचार आरोपपछि उनले दुईपटकसम्म जनताका नाममा टेलिभिजन सम्बोधन गर्दै आफूलाई निर्दोष साबित गर्ने प्रयास गरिसकेकी छिन् । – See more at: http://www.enayapatrika.com/2016/12/111394#sthash.ZgLUEk4K.dpuf

LEAVE A REPLY