प्रचण्ड – भट्टराईको यतिविघ्न अपराध?

0
266

भरत दाहाल,

Advertisements

2080209585
माओवादीको आवरणमा भएको १० बर्षको युद्ध ‘चमत्कारिक’ रुपमा जसरि विस्तार भयो, त्यस्तै तिब्रताका साथ बिल्कुलै ‘हास्यास्पद’ रुपमा विसर्जन पनि भयो । यो समग्र नाटकीय प्रक्रियालाई हेर्ने हो युद्धको उत्थान र विसर्जनका दुई दशकहरु स्वाभाविक विकास प्रक्रिया होईनन् भन्ने तथ्य स्पष्ट हुन्छ । युद्ध सञ्चालनका लागि आश्रयस्थलका रुपमा छनौट गरिएको विदेशी भूमि, युद्धकालका मानवीय, राजनीतिक, सामाजिक–सांस्कृतिक एवं भौतिक निशानामा पारिएका पक्षहरु र युद्धको उत्कर्षपछि माओवादी पंक्तिलाई विस्तारै अपराधिकरण गर्न चालिएका कदमहरु समग्र माओवादी ‘आन्दोलन’को अध्ययन गर्नका लागि निकै महत्वपूर्ण सामग्रीका रुपमा रहेका छन् । माओवादी पंक्ति मूल्य–मान्यता, चरित्र र नैतिकताबाट पूर्णरुपमा स्खलित भएपछि दाहाल र बाबुरामले गरेको ‘यू टर्न’ नै उनीहरुको निर्धारित नियतिलाई बुझ्नका लागि पर्याप्त रहेको छ ।

पुष्पकमल–बाबुराम पछाडि बिग्रेका होइनन् । यिनीहरु गरिब नेपालीहरुलाई वर्गमुक्तिको सपनाको आकाश शयर गराउँदै पातालमा धसेर साम्राज्यवाद विरोधी आन्दोलनबाट निराश बनाउन, वर्ग संघर्षको धरातललाई छिन्नभिन्न पार्न, नेपाली समाजमा रहेको सहिष्णुतालाई खण्डित गरेर यहाँको आन्तरिक समीकरण खल्बल्याउन र भू–राजनीतिक संवेदनशीलता साम्राज्यवादी रणनीतिको अनुकूल बनाउन सुविचारित डिजाईनमा पहिल्यै छनौट गरिएका पात्रहरु हुन् ।

साम्राज्यवाद विरोधी संघर्षको बीचबाट खारिएर उठेका माओ त्सेतुङ र विश्वव्यापी रुपमा लोकप्रिय उनको विचारलाई ढाल बनाएर साम्राज्यवादी शक्तिहरुले नेपालमा युद्ध सञ्चालन गर्नका लागि पुष्पकमल र बाबुरामको चयन अत्यन्तै सुझबुझ तरिकाले गरेका थिए । उनीहरुको चयन गर्ने प्रक्रियामा वैचारिक पक्ष मात्र ध्यान नदिएर व्यक्तिको पृष्ठभूमि, प्रवृति, संगठनात्मक प्रभावको सामाजिक बनावट, बसोबास क्षेत्रको ऐतिहासिकता, नेपाली जनताको राजनीतिक मनोविज्ञान, अन्तर्राष्ट्रिय सञ्जाल जस्ता सबै पक्षहरुमा गहिरोसँग ध्यान दिएको देखिन्छ । २०५२ सालसम्म रोल्पा, गोरखा, चितवन, रुकुमको पूर्वी क्षेत्र, सिन्धुली तथा बर्दिया जिल्लाको एउटा इलाका बाहेक देशका अन्य कुनै ठाउँमा उल्लेखनीय संगठन नभएका पुष्पकमल र बाबुरामले साम्राज्यवादी बेडालाई पार लगाउँछन् भन्ने विश्वास कुन आधारमा गरियो भन्ने प्रश्न निकै रोचक छ ।

दाहाल–भट्टराईको चयनको मूख्य आधार वैचारिक पक्ष हो । नेपाल पछौटे कृषि अर्थतन्त्र भएको देशका रुपमा परिचित छ । पछौटे कृषि समाज भएका नाताले यहाँ माओ त्सेतुङले चीनमा कार्यान्वयन गरेको नयाँ जनवादी क्रान्ति (किसान क्रान्ति) को अत्यधिक गहिरो प्रभाव थियो । एमाले संसदीय बाटोमा गैसकेपछि यो विचारलाई बोक्ने केहि ठूलो आकारको पार्टीका रुपमा माओवादी मात्र बाँकी थियो । ठूलो संख्यामा गरिब किसान, कृषि मजदूर र भूमिहिन भएको हुँदा यो तप्काबाट मुक्ति र वर्ग सत्ताको सपनामा रगत लिन र त्यसलाई बमका रुपमा प्रयोग गर्न सकिने रणनीतिक सोंंचबाट नै माओवादीको तुलनात्मक प्रभाव रहेका राप्ती–भेरी अञ्चलका दुर्गम पहाडि क्षेत्रहरु, जहाँ देशको सबैभन्दा अभावग्रस्त, अशिक्षित र बाह्य दुनियाँबाट अलगथलग जनसंख्या छ, लाई माओ त्सेतुङको नामसँग जोडेर युद्धको सम्पूर्ण तयारी अघि बढाईएको छ ।

पुष्पकमल र बाबुरामको मिशनको असली तस्बिर योद्धाहरुको खाडीबास, सहभागिहरुको सडकबास, घाईतेहरुको आधा शरिर तथा विदेशी र तिनका दलालहरुसँगको सुदृढ गठजोडमा देख्न सकिन्छ ।

साम्राज्यवादी छनौटको दोश्रो महत्वको विषय जातीय बनावट रहेको छ । युद्धको आधारभूत तयारी यस्तो ठाउँलाई आधार बनाएर गरिएको छ, जहाँ मगर र थारु समुदायको घना बसोबास छ । यी दुई जातीय समुदाय एकदमै सोझा, बचन÷कर्ममा भरपर्दा, प्रतिबद्ध, एकहोरा र इमान्दारमा पर्दछन् । कुनियत राख्नेहरुले यीनलाई दुरुपयोग गर्न धेरै सजिलो छ । थारु समुदाय जमिन्दारी उत्पीडनबाट आक्रान्त भएको, मगर समुदाय कहालीलाग्दो गरिबीको शिकार हुँदै आएको र दुबैमा सामुहिकतावादी संस्कृति भएको हुनाले यी समुदायहरुलाई उपयोग गर्न निकै सजिलो थियो । पूर्वी तथा मध्य नेपालका तुलनामा पश्चिम नेपालमा मानिसहरुको चेतना र शिक्षास्तर समेत एकदमैं कमजोर रहेको अवस्थाले पनि अपराधीहरुको योजना कार्यान्वयनको परिवेश अनुकूल थियो । थारु र मगरहरुको अनुपस्थितिमा त्यसबेला युद्धको थालनी गर्न असंभव थियो ।

साम्राज्यवादीहरुको तेश्रो आँखा भौगोलिक बनावटमा परेको छ । पश्चिमी पहाडि इलाका नेपालको सबैभन्दा विकट मानिने इलाका हो । बाटाघाटा, पत्रिका, टेलिफोन, शहर केहि पनि नभएको विशाल इलाकाका रुपमा रहेको ठाउँ हो यो । यी दुबै अनुकूलताहरु मध्य र पूर्वी पहाडि इलाकाहरुमा थिएनन् । माओवादी र गैरमाओवादी युद्ध सञ्चालकहरुलाई लुक्न, छिप्न, चलखेल गर्न, गोप्य षडयन्त्रहरु गर्न र सबै प्रकारको खतराबाट मुक्त रहेर मनपरी गर्न निकै सजिलो थियो । यसै क्षेत्रमा नै माओवादीको संगठनात्मक आधार भएको हुनाले यस क्षेत्रलाई ढाल बनाएर अघि बढ्न निकै सजिलो थियो । आधार इलाकाका रुपमा यस क्षेत्रको चयन गर्नु भन्दा पहिले भारतबाट युद्ध विज्ञहरु मगाएर महिनौंसम्म पूर्व–पश्चिम सर्वे गर्न लगाईएको थियो । ती विज्ञहरु भाकपा (माओवादी) का थिए वा भारतीय सेनाका थिए भन्ने कुरा अझै यकिन छैन ।

पुष्पकमल दाहाल एनजिओको जागिरेबाट वाम आन्दोलनमा छिरेका व्यक्तिका रुपमा बनिबनाउ रुपले बाह्य सञ्जालको सम्पर्कमैं थिए । बाबुराम गोरखाको क्रिश्चियन आइएनजिओ लगानीको स्कूलका उपज थिए र बोर्ड फष्टको प्रमाण–पत्र उनको विज्ञापनका लागि मसला थियो ।

नेपालमा माओवादीको आवरणमा युद्ध लाद्ने साम्राज्यवादी योजनाको चौथो आधार पुष्पकमल–बाबुरामको पृष्ठभूमि हो । पुष्पकमल दाहाल एनजिओको जागिरेबाट वाम आन्दोलनमा छिरेका व्यक्तिका रुपमा बनिबनाउ रुपले बाह्य सञ्जालको सम्पर्कमैं थिए । बाबुराम गोरखाको क्रिश्चियन आइएनजिओ लगानीको स्कूलका उपज थिए र बोर्ड फष्टको प्रमाण–पत्र उनको विज्ञापनका लागि मसला बनेको थियो । कांग्रेस नेता चक्रप्रसाद वास्तोलाका अनुसार, भारतमा पढ्दा कांग्रेसको सदस्यता लिएर विपी कोईरालाको सुराकी गर्ने गरेका भट्टराई ०३५÷०३६ को विद्यार्थी आन्दोलनपछि वामपन्थी वृत्तमा घुसाईएका हुन् । क्रिश्चियन उपज र बोर्ड फष्ट हुनु बाहेक अर्को उल्लेखनीय रङ नभए पनि उनी गोरखाकै भएको कारणले पृथ्वीनारायण शाह र नेपालको इतिहासमाथि प्रभावकारी हमला गर्न सकिने अनुमानित हिसाब गरेर उनको चयन गरिएको स्पष्ट छ ।

साम्राज्यवादीहरुका लागि पाँचौं अनुकूलता भनेको ‘रिम’ (रिभोल्युसनरी इन्टरनेश्नालिष्ट मुभमेन्ट)मा माओवादीको आबद्धता थियो । यो संगठनको हर्ताकर्ता र लामो समयसम्मको निर्देशक अमेरिकका बब अभाकियन थिए । संगठनमा आबद्ध सबै सदस्य देशहरुलाई ‘तत्काल युद्ध सुरु गर्न वा संगठन परित्याग गर्न’ सर्कुलर जारी गराउने उनले नेपालबाट त्यस संगठनको सदस्य रहेको मोहन विक्रमको पार्टीलाई निकालेर पुष्पकमलको पार्टीलाई भित्र्याउन भूमिका खेलेका थिए । अन्य सदस्य देशलाई ‘तत्काल युद्ध सुरु गर्न’ सर्कुलर जारी गर्ने तर आफ्नो देशमा ५ जनाको जुलुस पनि नगर्ने संकास्पद चरित्रका बब अभाकियन युद्ध थालनीका लागि उक्साउने पुष्पकल–बाबुरामका प्रमूख ऊर्जा थिए । गोञ्जालो नेतृत्वको पेरु कम्युनिस्ट पार्टी, भाकपा माओवादी र फिलिपिन्स कम्युनिस्ट पार्टीहरुले ‘रिम’लाई सीआईए निर्मित संस्था शंका गरेर कहिल्यै यसको सदस्य बनेनन् ।

अन्य सदस्य देशलाई ‘तत्काल युद्ध सुरु गर्न’ सर्कुलर जारी गर्ने तर आफ्नो देशमा ५ जनाको जुलुस पनि नगर्ने संकास्पद चरित्रका बब अभाकियन युद्ध थालनीका लागि उक्साउने पुष्पकल–बाबुरामका प्रमूख ऊर्जा थिए । गोञ्जालो नेतृत्वको पेरु कम्युनिस्ट पार्टी, भाकपा माओवादी र फिलिपिन्स कम्युनिस्ट पार्टीहरुले ‘रिम’लाई सीआईए निर्मित संस्थाको शंका गरेर कहिल्यै यसको सदस्य बनेनन् ।

पुष्पकमल र बाबुरामको छनौटका पछाडिको आधारभूत उद्देश्य एमालेको संसदवादमा रुपान्तरणपछि बाँकी बचेको वामपन्थी आन्दोललाई साम्राज्यवादीकरण गर्नु हो । यहाँको भू–राजनीतिमा साम्राज्यवादी शक्तिहरुले जे जस्तो रणनीति बनाएका थिए, त्यसको प्रतिरोध गर्ने वैचारिक धरातललाई समाप्त पार्नु । माक्र्सवाद प्रेरित वामपन्थी आन्दोलनको विकासको मूख्य आधार नै साम्राज्यवादको विरोध हो । यस्तो पंक्ति बाँकि रहेसम्म नेपालमा साम्राज्यवादी घुसपैठको सांगठानिक प्रतिरोधको संभावना कायम रहने भएका हुँदा सबैभन्दा पहिले यसको साम्राज्यवादीकरण गर्न जरुरी थियो । गैर वामपन्थी वृत्तमा रहेको देशभक्तिको भावना वैचारिक–सांगठनिक परिघटना नभएर व्यक्तिगत निष्ठाको प्रश्न भएको हुनाले यसलाई वैचारिक–सांगठनिक शक्तिका रुपमा स्थापित हुनबाट रोक्न सकिन्छ भन्ने तथ्यमा साम्राज्यवादी शक्तिहरु पक्कै पनि अनभिज्ञ रहेका थिएनन् ।

यो रणनीति अनुसार पुष्पकमल र बाबुरामले जनतालाई आकर्षित गर्ने अभिप्रायले युद्धको आधा दशकसम्म जनचाहना अनुसारका कामहरु अघि बढाए । जब युद्ध झाङ्गिएर सेना निर्माण गर्ने बिन्दुमा आईपुग्यो, तब ०५७ सालमा भारतमा भएको दोश्रो राष्ट्रिय सम्मेलनले जनमुक्ति सेना गठनको निर्णय गर्यो । त्यहि निर्णयसंगै उनीहरुले ‘अन्तरिम सरकार र नयाँ संविधान’को माग गर्ने निर्णय पनि गरेर राज्यसँग ‘वार्ता’को कार्ड फ्याँके । सेनाको गठनसँगै ‘आधार इलाका निर्माण गर्ने’ र राज्यसँग ‘वार्ता’ पनि गर्ने विपरित दिशाका निर्णय गर्नुको एकमात्र कारण थियो– क्रान्तिको बहानामा बनाईएको जनमुक्ति सेनालाई सत्ता सौदाबाजीका लागि प्रयोग गर्नु । सेनालाई सत्ता सौदाबाजीमा दुरुपयोग गर्ने आधारका रुपमा ०६० सालमा नयाँ जनवादको विकल्प ‘एक्काईसौं सताब्दीको जनवाद’ र ०६२ सालमा त्यसको विकल्पमा ‘लोकतान्त्रिक गणतन्त्र’ पारित गरियो ।

चक्रप्रसाद वास्तोलाका अनुसार, भारतमा पढ्दा कांग्रेसको सदस्यता लिएर विपी कोईरालाको सुराकी गर्ने गरेका भट्टराई ०३५÷०३६ को विद्यार्थी आन्दोलनपछि वामपन्थी वृत्तमा घुसाईएका हुन् । क्रिश्चियन उपज र बोर्ड फष्ट हुनु बाहेक अर्को उल्लेखनीय रङ नभए पनि उनी गोरखाकै भएको कारणले पृथ्वीनारायण शाह र नेपालको इतिहासमाथि प्रभावकारी हमला गर्न सकिने अनुमानित हिसाब गरेर उनको चयन गरिएको स्पष्ट छ ।

साम्राज्यवादी डिजाईनमा पूर्वनिर्धारित योजना अनुरुप नै माओवादीले युद्धकालमा राज्य÷गैर–राज्य पक्षका माथिल्लो तहका देशद्रोही, भ्रष्टाचारी, तस्कर, जनदमनकारी कसैलाई नछोएको बरु तिनीहरुकै संरक्षण, पैसा र आश्रयमा कांग्रेस, एमाले, सेना, प्रहरीभित्रका निर्धा कार्यकर्ताहरुलाई मृत्युको शिकार बनाएको तथ्यबारे सबै नेपालीहरु जानकार छन् । विकसका भौतिक पूर्वाधारका संरचनाहरु तोड्ने, ऐतिहासिक सम्पदाहरु नष्ट गर्ने, एउटा संस्कृति विशेषका मूल्य–मान्याहरुलाई निशाना बनाउने, सामाजिक विद्वेष खडा गर्ने नीति बनाउने जस्ता कामहरु नै माओवादीले युद्धको उत्तरार्धमा जोड दिएका प्रमूख पक्षहरु थिए भन्ने कुरा सबैलाई थाहा छ । पुष्पकमल र बाबुरामले ०५७ साल पछिको चिन्तन, योजना, नीति, कार्यक्रम र कार्यशैलि जस्ता समग्र चिजलाई व्यवस्थित रुपमा गैर–र्विर्गय दिशामा केन्द्रित गरिसकेका थिए भन्ने तथ्य बझ्न कुनै कठिनाई छैन ।

यो सबै योजनलाई लक्षमा पुर्याउनका लागि तदनुरुपको पार्टी जत्थाको आवश्यकता थियो । नीति एकातिर र कर्यकर्ता जत्थाको चरित्र अर्को दिशातिर सोझ्याएर नेतृत्व पंक्ति सफल हुनसक्ने सम्भावना रहँदैनथ्यो । पार्टी पंक्ति, विशेषगरी जनमुक्ति सेना, लाई आफ्नो रणनीतिको अनुकुल बनाउनका लागि त्यसबेला दाहल र भट्टराइले चलाखीपूर्वक ३ वटा कामहरु गरेका छन् । पहिलो काम थियोे सेना र राजनीतिक क्षेत्रमा काम गर्ने माथिल्लो दर्जाका व्यक्तिहरुलाई धन सञ्चयका लागि भ्रष्टाचार र लुटमा छुट दिएर अपराधीकरण गर्ने । दोश्रो काम थियोे ‘ट्याक्टिस’का बहानामा तिनिरुको साम्राज्यवादीकण र संसदीयकरण गर्दै जाने । तेश्रो काम थियो संगठनका रुपहरुलाई ठूलो बनाउँदै लैजाने । पहिलोको उद्देश्य कार्यकर्ताको चरित्र नष्ट गर्नु, दोश्रोको उद्देश्य विचार नष्ट गर्नु र तेश्रोको उद्दृेश्य कमिटी प्रणालीलाई अस्तव्यस्त र अकर्मण्य बनाउनु थियोे ।

पुष्पकमल र बाबुरामको छनौटका आधार, ०५७ सालपछि माओवादी युद्धको ‘यू टर्न’, क्रमसः भएका सैद्धान्तिक परिवर्तनहरु र कार्यकर्ता पंक्तिको भ्रष्टिकरण गर्न चालिएका कदमहरु सबै क्रमबद्ध र बनिबनाउ सेटमा छन् । पुष्पकमल–बाबुराम पछाडि बिग्रेका नभएर गरिब नेपालीहरुलाई वर्गमुक्तिको सपनाको आकाश शयर गराउँदै पातालमा धसेर साम्राज्यवाद विरोधी आन्दोलनबाट निराश बनाउन, वर्ग संघर्षको धरातललाई छिन्नभिन्न पार्न, नेपाली समाजमा रहेको सहिष्णुतालाई खण्डित गरेर यहाँको आन्तरिक समीकरण खल्बल्याउन र भू–राजनीतिक संवेदनशीलता साम्राज्यवादी रणनीतिको अनुकूल बनाउन सुविचारित डिजाईनमा पहिल्यै छनौट गरिएका पात्रहरु थिए । यीनीहरुको मिशनको असली तस्बिर योद्धाहरुको खाडीबास, सहभागिहरुको सडकबास, घाईतेहरुको आधा शरिर तथा विदेशी र तिनका दलालहरुसँगको सुदृढ गठजोडमा देख्न सकिन्छ।

LEAVE A REPLY