नेपाललाई विस्थापित गर्ने भारतको षड्यन्त्रको पर्दाफास गर्नुपर्दछ।

0
343

fb_img_1481416563124

-दिर्घराज प्रसाईं

 

नेपालमा अहिले मघेसीहरुको राजनीति हावी छ । मघेसीले आधार इलाका तराईक्षेत्र बनाएका छन् । तराईक्षेत्र दक्षिण भारतको सीमाक्षेत्र हो । तराईमा आउन जान भौगोलिक हिसाबमा सजिलो छ । दक्षिणतर्फबाट नेपालमा छिरेका जातिहरु मघेसी हुन् । तराई क्षेत्रमा मदेस नामको कुनै गाऊँ छैन, जिल्ला छैन । आफूलाई मदेसी भन्नेहरु यहाँका आदिबासी होइनन् । भारतका अनेकौं राज्यहरु–मध्यप्रदेश, उत्तरप्रदेशबाट काम गर्न आएका कामदारहरु, घोडा ब्यापारी, जुत्ता लगायत किराना ब्यापारी, खच्चडमा धुम्ती ब्यापार गर्दै आएकाहरु मदेसी थिए । भारतबाट नेपालका तराईमा धानकाट्न, जनगर्न, नोकर बस्न, ब्यापार गर्न आएका समूहलाई मघेसी भनियो । अस्थायी बसोबासो गदैृ आएका रमन्ते, घुमन्ते मघेसीहरुको नामबाट नैं मदेसी नाम प्रचलनमा आएको हो । डा.अमरकान्त झा लेख्छन्–‘तराईवासीलाइृ बुझाउने मधेसी प्रयोगमा आएको हो ? राणाकालीन समयदेखि मदेस प्रयोगमा आएको छ । त्यसअघि तराईमा स्थायी बसोबासो गरिरहेका समूदायले आफूलाइृ मधेसी भनेको र मधेसी शब्दको सोचलाई स्वीकार गर्ने स्थिति छैन ।’

Advertisements

भारतबाट आएका मधेसीहरुको चर्तिकला बारेमा स्वयम्भूनाथ कार्की लेख्छन्– ‘भारतका सिमावर्ती क्षेत्रबाट राम्रो कमाइको खोजीमा धेरै भारतीयहरु नेपाल पस्ने चलन थियो । यसरी पटके रोजगारीको निमित्त नेपाल आउनेमा कसैकसैले त्यस ईलाकाका सम्पन्न वा उच्च मधयवर्गीयहरुको मन जित्न सफल हुन्थे र नेपालमै बसोवास गर्ने गर्थे । यसै क्रममा भारतको सीतामडी शहर नजिकको देहातबाट ट्टटुमा गुड, पन्सारी समान आदि बेच्न एक जना महतो नेपालको सर्लाही छिरे । बलराम प्रसाद सिंह लामो समयसम्म शाही नेपाल वायु सेवा निगममा अधिकारी भए । उनैले राजेन्द्र महतोलाई लोडर बनाए ।
पहिला राजेन्द् महतोले बिरगञ्जमा लोडरको काम गरे । त्यसपछि त्रिभूवन एरपोर्टमा छुच्चो लोडरको नाइके बनेका थिए । तिनै भारतीय नागरिक राजेन्द्र महतो झैं भारतबाट आउदै जादै र नेपालमा रहँदै बस्दै गरेपछि झुक्याएर नागरिकताको प्रमाणपत्र प्राप्त गर्न पनि सके ।

२०६३ सालपछि संघीयताको नाममा भारतको नैं पहलमा यहीका गिरिजाप्रसादले गृहमंत्री बनाएका कृष्ण सिटौला जस्ता केही दलाललाई प्रयोग गरेर लगभग ३५।४० लाख नेपाली नागरिकताको प्रमाणपत्र नाजाहेज तरिकाले बितरण गरियो र अहिले तिनीहरु नैं एक मघेस एक प्रदेशको नाममा नेपाल टुक्रयाउन पहिलादेखि चलखेल गरिआएका केही मघेसीहरुको नेतृत्वमा सशक्त बनेका छन् । मघेसीहरुको यो भन्दा ठूलो धोका के होला ? डा.ऋषिकेशनारायण श्रेष्ठ लेख्छन्– ’संसारको एकमात्र हिन्ुराज्य एउटा पहिचान थियो, त्यो समाप्त पारियो । राष्ट्रिय भाषा समाप्त पारियो । नेपालको पहिचान राष्ट्रिय पोसाक समाप्त पारियो । संघीयताको नाममा विखण्डनको आवाज आएको छ । नेपालको तराई कुनै नेता विशेषको बिर्ता होइन । यो राष्ट्र व्रिपूर्खाहरुको वलिदानले सिर्जित नेपालको सम्पत्ति हो । टाठाबाठा मघेसका नेपालीहरुले नैं तराईका जनता माथि शोषण गदैृ आएका छन् । उनीहरु तराईमा विकास चाहदैनन् ।’

मघेसीहरु भन्दैमा तराईका बासिन्दाहरु मध्येका थारु, राजवंशी, झा, ठाकुर, यादव देव, कुर्मी, डुम, मसहर आदि थर जातिहरु अनादिकालदेखि नेपालमा बसोवासो गर्दै आएकाहरु आदिवासी बासिन्दा हुन् । जनकपुरधाम मघेस होइन, लुम्बनी मघेस होइन । पूर्वतर्फ– विराटक्षेत्र मघेस होइन । विराट राजाको राज्यकालदेखि अहिलेसम्म कोशी पूर्वका क्षेत्रलाई मघेस भनिदैन । मिथिला प्रदेश एउटा सभ्यताको केन्द्र हो । त्यस्तै लुिुम्बनी गौतम बुद्धको जन्मस्थल मघेस होइन । नेपालको उत्तरतर्फ तिब्बत छ । तिब्बतीहरु पनि नेपालमा त्यत्तिकै ब्यापार गर्न नेपालको उत्तरीक्षेत्रमा आवतजावत छ । के त्यो भन्दैमा नेपालको उत्तरी क्षेत्रलाई तिब्बतीक्षेत्र भन्ने ? मिथिला जनकपुरधाम अनादिकालदेखिको सभ्यता र संस्कतिको उपज हो । युयौयुगदेखि तराईमा बसोबासो गर्दै आएका मुसलमान, माडवारी, राई, लिम्बु, बाहुन–क्षेत्री आदि के मधेसी हुन ? होइनन् ? को त मधसी ? उत्तर छ– भारतबाट छिरेकाहरु । नेपालमा अहिले मदेसी हावी छ । मदेसीहरुले नेपाली सेनाको मूल्य र मान्यतालाई राजनीतिकरण गरेर नष्ट गर्ने प्रवृत्ति देखाउनु तराईकै आदिवासी थारु, राजवंशी, मिथिलावासी, अवधीहरु संतुष्ट छैनन् ।

एउटा दुःख लाग्दो कुरा छ कि बाबुराम भट्टराई जस्तो प्रशिक्षित व्यक्तिले प्रधानमंत्री बन्नको लागि भारतीय डिजाइनमा मधेसी दलहरुसँग चारबुँदै सहमतिमा भएको थियो । जस्मा नेपाली सेनामा दशहजार मघेसी सेना राखिनु पर्ने र एक मघेस एक प्रदेशको खतरनाक बुँदा थिए । यसै सिलशिलामा रक्षामंत्री शरद्सिंह भण्डारीले तराईका २२ मिलाएरु छुट्टै राज्य खडागर्ने राष्ट्र बिखण्डनको धम्की दिएका हुन् जुनकुरा अत्यन्त निन्दनीय कुरा गरेका थिए । आलुको थुप्रोमा एउटा कुहिएको आलु प¥यो भने सबै आलु कुहिन्छन् भने झैं दक्षिणबाट आएका रमन्तेहरु यहीकैं रैथाने हुनखोज्नको लागि मघेस नाम राखेर सम्पूर्ण तराईबासीलाई मधेसी बनाउन खोज्ने षडयन्त्रले सबै तराईबासीलाई मधेसी भन्न मिल्दैन । यिनैं षडयन्त्रहरुलाई आधार बनाएर अमेरिकी गुप्तचर संस्थाको तालीम लिएर नेपाल आएका एक कुख्यात सीके राहुत भन्ने फटाहाले तराईलाई टुक्रयाएर एक छुट्टै देश बनाउने भनेर पर्चा बाँड्दै, भाषणगर्दै हिडेकोमा नेपाल प्रहरीले समातेर खोरमा जाकेको छ । यस्ता अपराधीहरुलाई कठोर सजाय नदिएसम्म नेपाल बिरोधी अपराधीहरुले उल्टो शिर ठाडो पारेर हिड्न सक्छन् ।

अंघिकृत नागरिकलाई राज्यका संवैधनिक, सरकारी सेवामा निर्वाचन तथा नियुक्त गरिने, संघीयताको आडमा तराईलाई पृथक बनाएर देशलाई विखण्डन गर्ने गद्दारहरुका विखण्डनकारी मागहरु निस्तेज गर्नुपर्छ । नेपालमा स्थापित ५ विकास क्षेत्रलाई नैं शक्तिशाली बनाइनु पर्छ । देशको राजनीतिलाई नैं भ्रष्ट बनाउने समानुपातीक व्यवस्था खारेज गर्नुपर्छ । कति राजनीतिक पार्टीका नेता र स्वतन्त्र नागरिकहरुले हिन्दु अधिराज्य, राजसंस्था विषयमा जनमत संग्रहह गरेर टुङ्गो लगाउनु पर्छ भन्ेर अर्को बखडा झिक्ने गरेका छन् । नेपालमा जनमत संग्रह आत्मघाती अस्र हो । जनमत संग्रहमा धेरै धनराशी खर्च हुन्छ र यसको परिणामले देश टुक्रयाउँछ । नेपाली जनता विभिन्न पार्टीमा विभाजित भएका छन् ।

तराईमा जनसंख्याको आधारले जनप्रतिनिधि छान्ने हो भने नेपालको अस्तित्व कायम गर्न सकिदैन ! नेपाल जन्मदैको एकीकृत सार्वभौम राष्ट्र हो, भारत संघीय राष्ट्र हो । ३ करोड जनसंस्था भएको एकीकृत नेपालमा कुनै हालतमा पनि संघीयता लागु हुन सक्तैन । विश्वमा संघीय राज्य र संघको निर्वाचनको सन्दर्भमा अमेरिकाको क्यालिफोर्निया राज्यको जनसंख्या ३ करोड ८८ लाख छ र क्षेत्रफल १लाख ६३ हजार वर्गमील छ । आएरल्याण्ड राज्यको जनसंख्या १० लाख छ, क्षेत्रफल १५०० वर्गमील छ । ती साना ठूला सबै राज्यहरुबाट २।२। जना सिनेटरहरु चुनिन्छन् । लगभग विश्वका देशहरुमा यस्तै चलन छ । तर नेपालको तराईमा जनसंख्याको आधारले जनप्रतिनिधि छान्ने हो भने नेपालको अस्तित्व कायम गर्न सकिदैन । त्यसोभएकाले तराईमा जनसंस्थाको आधारमा जनप्रतिनिधि छान्ने व्यवस्था अत्यन्त अव्यवहारिक तथा विखण्डनकारी छ । यस्तो खतरनाक सोचाई कुनै पनि सच्चा नेपालीले गर्न सक्तैन । यो त सिधै नेपाललाई विस्थापित गर्ने विदेशहरुको षडयन्त्र मात्र हो ।

LEAVE A REPLY