देउवा भन्छन," संविधान संसोधनमा एमालेले पनि वारम्वार हस्ताक्षर गरेको छ।"

0
350

देउवा भन्छन, ” संविधान संसोधनमा एमालेको पनि हस्ताक्षर छ।”

Advertisements

संकल्प पोष्ट,
मंसिर २५,२०७३ शनिवार।

नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले संविधान संसोधन गर्नको लागी एमालेले पनि हस्ताक्षर गरिसकेको उल्लेख गर्दै अहिले आएर एमालेले पाईलैपिच्छे कुरा फेर्न नहुने उल्लेख गरेका छन। संसोधनका लागी हस्ताक्षर गरिसकेको पार्टिले अहिले आएर वारम्बार कुरा फेर्दै हिंड्दा जनतामा नराम्रो सन्देश जाने भन्दै एमालेलाई पनि सहमतीमा आउन आग्रह गरे। शनिवार काठमाडौंको धापासीस्थित नेपाल जेसिआईको ४३औं महाअधिवेशनलाई सम्बोधन गर्दै सभापती देउवाले भने-” पूर्व सभापती शुशिल कोईरालाकै पालामा एमालेले सिमांकन हेरेफेर गर्नकै लागी भएपनी संविधान संसोधन अनिवार्य रहेको भनी वारम्बार संविधान संसोधनको लागी हस्ताक्षर गरेर आएको पार्टिले नै अहिले आएर कुरा फेर्दै हिंडेको देख्ता आफू आश्चर्यमा परेको” बताए। साथै नेपाल जेसिआइलाई शुभकामना मन्तव्य दिंदै यस संस्थालाई अझ ससक्त, सवल एवं जनउत्तरदायी हुनुपर्नेमा जोड दिएका थिए। सोहि कार्यक्रममा बोल्दै अर्का एमाले नेता ईश्वर पोख्रेल ले नेपाल जेसिआईले राष्ट्रियताको संरक्षणमा एकवद्ध भएर लाग्नुपर्ने कुरा औंल्याएका थिए भने नेपाल जेसिआईका संस्थापक अध्यक्ष डा. भेषवहादूर थापाले यौटा सानो कोठाभित्र २/४ जना मान्छेहरुको निरन्तर चिन्तन एवं अठोटले गर्दा नै आज नेपाल जेसिस यो अवस्थासम्म आईपुगेको बताए। साथै नेपाल जेसिसलाई आज यो अवस्थासम्म ल्याईपुर्याउन अहोरात्र खट्ने सम्पूर्ण जेसिस मित्रहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा अझ ससक्त, विराट एवं अझ धेरै दायित्ववोधका साथ अंघी बढ्ने विश्वास गरे। मुलुकभरबाट हजारौंका संख्यामा उपस्थित जेसिस प्रतिनिधिहरु सम्मिलित जेसिस महाधिवेशन मंसिर २५ देखी २८ सम्म चल्नेछ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

LEAVE A REPLY