बौद्धमा सईसहित पाँच प्रहरीलाई पेट्रोल छरेर जलाउने प्रयास, प्रहरीद्वारा दर्जनौं हवाइ फायर

0
228

nepal-polic-offic-584d0a29103254-91035154-768x539

 

काठमाडौं, २६ मंसिर

Advertisements

ट्याक्सी चालक राजकुमार लामाको शंकास्पद मृत्युका कारण उत्पन्न विवादमा गोकर्णेश्वर १३ नयाँ बस्तीमा एक समूहले स्थानीय प्रहरी चौकीका नायव निरीक्षक (सई) सहित ५ जनालाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेको प्रहरीले दाबी गरेको छ ।

दोलखा चरिकोट घर भई नयाँबस्ती बस्दै आएका ३६ वर्षीय लामाको शंकास्पद मृत्युपछि आक्रोशित स्थानीयले प्रहरी चौकी बाहिर रहेका सुरक्षाकर्मीलाई कुटपिट गरेपछि चौकीभित्र रहेका सई सञ्जीव नापित र ५ जनालाई बाहिरबाट घेरेर पेट्रोल छर्केको गौशाला वृत्तका डीएसपी नवराज कार्कीले बताए । उनले आक्रमणकारीले चौकी अगाडि रहेका ४ वटा मोटरसाइकलमा आगो लगाएको पनि बताए ।

त्यसपछि प्रहरीले चौकीबाट निस्केर दर्जनौं हवाइ फायर गरेको थियो । सो घटनापछि बौद्ध र गौशालाबाट गएको थप टोलीले चौकी आक्रमण गर्न पुगेकालाई तितरवितर पारेको थियो । प्रहरीले केही मानिसलाई नियन्त्रणमा समेत लिएको छ ।

LEAVE A REPLY