पुरुष भलिबलको छनोट सुरु

0
318

मंसिर २७, २०७३- सातौं राष्ट्रिय खेलकुदका लागि मध्यपश्चिम क्षेत्रीय पुरुष भलिबल छनोट प्रतियोगिता सुरु भएको छ । सदरमुकाम खलंगाको बराहटाकुरा मैदानमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले प्रतियोगिताको उद्घाटन गरे ।

Advertisements

श्रीपाइलीले आफू खेल क्षेत्रका विकृति, विसंगति हटाउनतर्फ लागेको बताए । माफिया र पहुँचवालाको भरमा हुने गरेको खेल राजनीतिलाई पूर्ण निस्तेज पार्दै खेलकुदको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन सक्दो पहल जारी राखेको उनले उल्लेख गरे । नेपालमा स्पोर्ट्स युनिभर्सिटीको अवधारणा अघि बढाइएको भन्दै कुनै पनि खेलको खेलाडी प्रशिक्षणको लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य आफूले गर्ने उनको जिकिर थियो । उद्घाटन खेलमा रुकुमले डोल्पालाई २५–१६ र २५–१२ को सेटमा हरायो ।

http://kantipur.ekantipur.com/news/2016-12-12/20161212083835.html

LEAVE A REPLY